शनिबार, २२ बैशाख २०८१

स्वास्थ्य/जीवनशैली

औषधि बरामद

भद्रपुर, २८ चैत (रासस) : झापाको दक्षिण सीमावर्ती नाका केचनाकवल पछिल्लो समय भारतीय औषधि नेपाल भित्र्याउने तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । बुधबार पनि नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डको रु ९० हजार मूल्य बराबरको औषधिसहित दुई जनालाई सोही नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सशस्त्र प्रहरी...बाँकी अंश →


३४ स्थानका सुन्तलामा हुवाङलोङबिङ

ललितपुर, २७ चैत ,, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गत वर्ष नेपालका १६५ स्थानबाट सुन्तला जात फलफूलको नमूना सङ्कलन गरी परीक्षण गर्दा ३४ स्थानका फलफूलमा लाग्ने रोग अर्थात् क्यान्सर हुवाङलोङबिङ (एचएलबी) भेटेको छ । एचएलबी विशेष गरी अमिला (सिट्रस) अर्थात् सुन्तला जातका फलफूल जुनार, सुन्तला, कागती, निबुवा,...बाँकी अंश →


दुर्गम बस्तीमा खानेपानीको समस्या

जाजरकोट, २७ चैत ,, दलित र जनजाती समुदायको बाहुल्यता रहेको बारेकोट गाउँपालिका–२ रोकायगाउँमा वर्षेनी खानेपानीको समस्या भए पनि समाधान हुनसकेको छैन् । करीब ३५० घरपरिवार रहेको सो गाउँमा खानेपानीका लागि पटक÷पटक आवाज उठाए पनि सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । स्रोत तथा मुहान अभावमा उक्त वडाको रोकायगाउँ, विउरी, मुग्रेगाउँ, गैरागाउँ,...बाँकी अंश →


जीवनमरणको दोसाँधमा एक युवती

गलेश्वर, २७ चैत ,,माया पिरती र अध्ययन÷रोजगारीको लागि व्यस्त रहनुपर्ने २२ वर्षीया एक युवती मृत्युसँग जुधिरहेकी छन् । फोक्सोमा पानी जमेर पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएकी सन्तु पोखरेल अस्पतालको श्ययाबाट बलिन्धारा आँशु निकाल्दै आफूलाई बचाउन मनकारी व्यक्ति र अदृश्य शक्तिसँग पुकारा गरिरहेकी छन् । म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराकी सन्तु अहिले...बाँकी अंश →


भक्तपुरमा फेरि बर्डफ्लु

भक्तपुर, २७ चैत ,, सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ । दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गए राति कुखुरा मारिएको छ । फार्म सञ्चालक मधुराम न्यौपानेको कुखुरा फार्ममा ब्रोइलर कुखुरामा बर्डफ्लु भएको पाइएपछि गए राति दुई...बाँकी अंश →


झाडापखालाका बिरामीको चाप बढ्यो

रोल्पा, २६ चैत ,, जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । बदलिँदो मौसमसँगै झाडापखाला, टाइफाइड र ज्वरोका बिरामी बढ्न थालेका हुन् । अस्पतालमा दैनिक ८० देखि ९० बिरामी आउन थालेको जिल्ला अस्पतालका डा धनमाया घर्तीले बताउनुभयो । बिरामीमध्ये अधिकांश बालबालिका छन् । बालबालिकामा झाडापखाला, टाइफाडड र ज्वरोको समस्या देखिएको...बाँकी अंश →


स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्छः अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, २६ चैत ,, अर्थमन्त्री डा युवराज खतिवडाले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने तयारी गरिरहेको बताउनुभएको छ । सामुदयिकस्तरबाट सञ्चालित नेपाल आँखा अस्पतालको ४५आँै वार्षिकोत्सवमा उहाँले सबै जनतालाई स्वास्थ्य बीमामा आवद्ध गराउने सरकारको नीति रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गरीबीको रेखामुनि रहेका जनता कति छन्,...बाँकी अंश →


स्वास्थ्य सेवा प्रभावित

डोटी, २६ चैत ,, आदर्श गाउँपालिका वडा नँ १ चाँसी गाउँमा सोमबार राति आएको हावाहुरीका कारण बाँझकनानी स्वास्थ्य एकाइ कार्यालयको छाना उडाएको छ । छाना उडेपछि अहिले सो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको स्थानीयवासी दीपकबहादुर खड्काले जानकारी दिनुभयो । एकतले भवन रहेको उक्त कार्यालय हावाहुरीले उडाउँदा कार्यालयमा...बाँकी अंश →


९८० मा एचआइभी सङ्क्रमण

डोटी, २६ चैत ,, जिल्लामा पछिल्लो समय एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जान थालेको पाइएको छ । जिल्ला अस्पताल डोटीमा रहेको तथ्याङ्कअनुसार पूरै जिल्लाभरिमा खुलेका मात्रै (पहिचान भएका) ९८० जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको हो । सङ्क्रमितमध्ये महिलाको सङ्ख्या ५७० रहेको छ भने ३६० पुरुष रहेका छन् । त्यस्तै पचास...बाँकी अंश →


सुर्तीजन्य पदार्थ बोक्न र प्रयोगमा निषेध

विराटनगर, २५ चैत ,, प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबारदेखि मन्त्रालय र मातहतका कार्यालयका सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध गरेको छ । समाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालय परिसरमा सुर्तीजन्य पदार्थ निषेध गरेको घोषणा गर्नुभएको हो । मन्त्रालयलद्वारा...बाँकी अंश →


सिमेन्ट उद्योगका कारण खानेपानीमा ‘लेदो

लमही, २४ चैत ,, दाङको सोनापुर सिमेन्टका कारण खानेपानीमा लेदो आउने गरेको छ । आकासबाट पानी परेको समयमा उपभोक्ताको धारामा लेदोसहितको पानी जाने गरेको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष प्रदीप गौतमले बताउनुभयो । “एक हप्ताअघि पानी पर्दा पनि लेदो आएको थियो, बर्षात्को समयमा लेदो मात्रै जान्छ”, उहाँले भन्नुभयो,...बाँकी अंश →


हुरि पीड़ितलाई राहत वितरण गर्दै कन्फिडेन्स

आज पुरैनियाको हुरि पीड़ित ४५ घरपरिवार लाई कन्फिडेन्स नेपालले राहत वितरण गरेको छ । वारा को पुरैनीनियामा काठमाडौं बाट आर्थिक संकलन गरि ल्याएको २८हजार मूल्य बराबरको सामानहरू हुरि पीड़ितहरू हस्तांतरण गरेको हो। राहत स्वरुप प्रति घर एउटा प्लास्टिक बाल्टी,एउटा जग,एउटा स्टील कचौरा र दुई वटा स्टील प्लेट र एउटा स्टील...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter