शनिबार, २२ बैशाख २०८१

स्वास्थ्य/जीवनशैली

राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव

काठमाडौँ, २२ चैत ,, सङ्घीयता कार्यान्वयनसँगै गाउँ गाउँमा सिंहदरबार पुगेको भनिए पनि राजधानीकै नगरपालिकाका सामुदायिक स्वास्थ्य संस्थामा कर्मचारी र निःशुल्क औषधि नभेटिएको सेवाग्राहीको गुनासो छ । गोकर्णेश्वर नगरपालिकाका एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्यचौकी र एक शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि र कर्मचारीको अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले...बाँकी अंश →


घाइतेका लागि रक्तदान

काठमाडौँ, २१ चैत ,, बारा र पर्साका हावाहुरीबाट घाइतेका लागि ८२ सन्तमहात्माका पदाधिकारी र भक्तजनले आज रक्तदान गरेका छन् । काठमाडौँमा उपचाररत बिरामीलाई रगतको अभाव भएको जानकारी पाएपछि नेपाल मानव धर्म सेवा समितिले आकस्मिक रक्तदानको अयोजना गरेको हो । “अस्पतालमा बिरामी रगत नपाएर ज्यान जान सक्ने अवस्था रहेकाले आकस्मिक रक्तदान...बाँकी अंश →


तरकारी खेतीमा व्यस्त महिला

बाजुरा, २१ चैत ,, जिल्लाको विकट हिमाली गाउँपालिका–४ फैतीका महिला यतिबेला तरकारी खेतीमा व्यस्त छन् । खाद्य सङ्कट र अन्य आयआर्जन नभएपछि पछिल्लो समयमा दुर्गमका महिला व्यावसायिक तरकारी खेतीमा लागेका वडाध्यक्ष रमेश विकले बताउनुभयो । यहाँका पुरुष प्रायः रोजगारीका लागि भारततिर जाने र गाउँमा महिलामात्रै रहेका उहाँले जानकारी गराउनुभयो ।...बाँकी अंश →


बर्डफ्लुको आशङ्का सात हजार चल्ला नियन्त्रणमा

गोरखा १८, चैत ,,  भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले बर्डफ्लुको आशङ्कामा गएराति सदरमुकाम भित्र्याउँदै गरिएका सात हजार भन्दा बढी कुखुराका चल्ला नियन्त्रणमा लिएको छ । गोरखा नगरपालिका–१३ स्थित मझुवा देउरालीमा क्वारेनटाइन जाँचका क्रममा चल्ला नियन्त्रणमा लिइएको केन्द्रका प्रमुख डा बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो । सदरमुकामतर्फ ल्याइँदै गरिएका दुई गाडीबाट...बाँकी अंश →


मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु

हेटौँडा, १७ चैत ,,  हेटौँडा अस्पतालबाट प्रदेश नं ३ सरकारको मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम नमूनाको रुपमा शुरु भएको छ । प्रदेश सरकारले शुरु गरेको जनता स्वास्थ्यपरीक्षण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको कार्यक्रमलाई प्रभावकारीरूपमा अगाडि बढाउन विभिन्न किसिमका नौलो कार्यक्रम शुरु गरेको बताउनुभयो । “तीस देखि...बाँकी अंश →


जीप दुर्घटनामा ६ को मृत्यु

ओखलढुङ्गा, १७ चैत ,, ओखलढुङ्गामा आज जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को स्कार्पियो जीप मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा अपराह्न दुर्घटना उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।...बाँकी अंश →


अपाङ्गता भएका व्यक्तिका लागि पुनःस्थापना कक्ष

डोटी, १४ चैत ,,  जोरायल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि प्राथमिक पुनःस्थापना कक्ष स्थापना गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पहिलो पटक जोरायल गाउँपालिकामा प्राथमिक पुनःस्थापना कक्ष स्थापना गरिएको हो । जोरायल गाउँपालिका र युएमएन डोटीको सहयोगमा अपाङ्ग सेवा सङ्घ डोटीले पुनःस्थापना कक्षको स्थापना गरेको...बाँकी अंश →


स्वास्थ्य कार्यालयको उद्घाटन

बेनी, १४ चैत ,, गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । सङ्घीयता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी पुनःस्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकासमन्त्री नरदेवी पुनले बुधबार उद्घाटन गर्नुभयो...बाँकी अंश →


सूक्ष्म प्रकाशकीय चिपको विकास

ललितपुर, १३ चैत ,,  नेपाली वैज्ञानिकले अतिसूक्ष्म प्रकाशकीय चिपको विकसित गरेका छन् । पहिलो पटक विकसित भएको सो चिपले बायोप्सी(शरीरको अङ्ग झिकेर परीक्षण गर्ने काम) नगरी सिटी स्क्यान उपकरणले जस्तै भित्री तन्तुको जानकारी लिन सहयोग पु¥याउँछ । सो चिपलाई नेपालमा गणितीय परीक्षण गरी बेलायतमा सिलिकन वेफरमा रसायनबाट कँुद्ने काम गरिएको...बाँकी अंश →


‘तपाइँलाई महत्व नलाग्ने सूचना कतै आपराधिक गतिविधिका त होइनन्’

काठमाडौँ, १३ चैत ,,  समाजमा हुने कुनै पनि गतिविधिको पहिलो साक्षी स्थानीयवासी नै हुन्छन् । घटना हुँदा प्रहरीले अनुसन्धानको महत्वपूर्ण आधार स्थानीयवासीको भनाइलाई नै लिएका हुन्छन् । समुदायको भरपर्दाे सूचनाले धेरै घटनाका चुरो पत्ता लगाएर दोषीलाई कानूनी कारवाही गरिएका उदाहरण छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक...बाँकी अंश →


भाइरल ज्वरोको सङ्क्रमण

डडेल्धुरा, १३ चैत ,, मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ । केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक...बाँकी अंश →


युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित

किभ, १२ चैत ,, युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । सन् २०१८ को डिसेम्बर २८ बाट सन् २०१९ को...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter