शनिबार, ०५ जेठ २०८१

स्वास्थ्य/जीवनशैली

बीमाका बिरामीलाई छुट्टै बहिरङ्ग विभाग

चितवन, १६ वैशाख  ,,  भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । बीमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पताल आउने बिरामीमध्ये झण्डै आधा बीमाका भएपछि सहज सुविधा दिने उद्देश्यले...बाँकी अंश →


राजपुरमा दादुराको महामारी

लमही, १५ वैशाख  ,,  दाङको राजपुर गाउँपालिकामा दादुराको महामारी फैलिएको छ । अहिलेसम्म गाउँपालिका–४ मा ५० भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख कमल रोकाले जानकारी दिनुभयो । एक महीनाअघिदेखि शुरु भएको उक्त रोग न्यूनीकरण नभएपछि शनिबार विशेषज्ञ तथा गाउँपालिकाका अध्यक्ष लोकराज केसीलगायत सरोकारवालाको टोलीले छलफलपछि सङ्क्रमित क्षेत्रमा...बाँकी अंश →


महोत्तरीमा खानेपानी अभाव

महोत्तरी, १३ वैशाख   ,,  गाउँमै निर्माण भइसकेको ओभरहेड ट्याङ्की सञ्चालनमा नआएपछि महोत्तरीको पशुपतिनगरमा खानेपानीको समस्या भएको छ । बर्दिवास नगरपालिका–९ स्थित पशुपतिनगरमा सुलभरुपमा खानेपानी वितरणका लागि करीब दुई वर्ष अगाडिनै निर्माणकार्य सम्पन्न भए पनि आन्तरिक विवादका कारण घरघरमा पानी पुग्न नसकेको स्थानीयले बताएका छन् । वैशाखजस्तो सुक्खायाममा पानीको मुहान सुकेपछि...बाँकी अंश →


झाडापखाला नियन्त्रणमा आएन

तम्घास, १३ वैशाख ,,  गुल्मीको मुसिकोट नगरपालिका– ४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त गाउँमा पाँच किलोमिटर टाढाको टङ्कीमार्फत ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी अचानक दूषित बनेका कारण गत आइतबारदेखि त्यहाँका स्थानीयमा झाडापखालाको लक्षण देखिएको थियो । स्थानीयवासीले उक्त पानी...बाँकी अंश →


निःशुल्क स्वास्थ्य परीक्षण

हुम्ला, १३ वैशाख ,,  जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा ७२० ले उक्त सेवा लिएका छन् । वैशाख १० गतेबाट सर्केगाडमा रहेको आयुर्वेद शाखाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा त्यस क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिएका हुन् । मङ्गलबारबाट सञ्चालन भएको स्वास्थ्य शिविरको अन्तिम दिन महिला...बाँकी अंश →


दीर्घरोगीको अन्तिम गन्तव्य बन्दै तातोपानी कुण्ड

गलेश्वर, १३ वैशाख  ,,  प्राकृतिक चिकित्सालयको रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिङगास्थित तातोपानी कुण्ड सुविधासम्पन्न अस्पतालमा लामो समयसम्म उपचार गराउँदा पनि रोग निको नभएका बिरामीका लागि अन्तिम गन्तव्य बन्न थालेको छ । तातोपानी कुण्डमा तीन वर्षसम्म वर्षको दुईपटक १०÷१२ दिनसम्म डुबेपछि लामो समयसम्म निको नभएका रोग पनि यहाँ डुबेपछि निको...बाँकी अंश →


दूषित पानी पिउँदा ९८ बिरामी

तम्घास, १३ वैशाख  ,,  गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ बिरामी परेका छन् । बिरामीमध्ये तीनको गुल्मी अस्पताल तम्घास, एकको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास र अन्य छको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी शिविरमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जनाकारी दिनुभएको छ...बाँकी अंश →


गाउँमै पुगेर गर्भवतीको भिडियो एक्स–रे

हुम्ला, १२ वैशाख  ,,   स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउने पहुँच नपुगेका महिलाको सहजताका लागि सिमकोट गाउँपालिकाको आयोजनामा जिल्ला अस्पतालका डा टसी लामाको टोलीसहित सवास्थ्यकर्मी गाउँमा पुगेका छन् । आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि जिल्लामा स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने महिलाको सङ्ख्यामा वृद्धि भए पनि अस्पतालमा गर्भ जाँच...बाँकी अंश →


खुला दूध बिक्रीमा रोक

हेटौँडा, ११ वैशाख  ,  मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाएको हो । जिल्ला प्रशासन कार्यालयद्वारा दूध वितरण गर्ने सरोकारवालासँग बसेको बैठकले यही शुक्रबार १३ गतेदेखि खुला...बाँकी अंश →


मौसम परिवर्तनले बिरामी बढे, औषधि अभाव

बैतडी, १० वैशाख  ,,  मौसममा आएको परिवर्तनसँगै बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । जिल्ला अस्पताल बैतडीमा दैनिक बिरामीको चाप बढ्दै गएको अस्पतालका स्वास्थ्य सहायक खेमराज भट्टले जानकारी दिनुभयो । मौसमी ज्वरो, रुघाखोकी, झाडापखालालगायतका बिरामीको सङ्ख्या बढेको उहाँले बताउनुभयो । यी रोगबाट अन्यको तुलनामा बालबालिका बढी प्रभावित...बाँकी अंश →


कैदीको रगतले सुत्केरीको ज्यान बच्यो

सल्यानमा कैदीले दान दिएको रगतबाट एक सुत्केरीको ज्यान जोगाइएकोे छ । रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–७की २१ वर्षीया मनिषा केसी ओलीको यहाँस्थित जिल्ला अस्पतालमा उपचारको समयमा रगत अभाव भएपछि कैदी पूजा घर्तीले रक्तदान गर्नुभएको हो । “अस्पतालमा रगत अभावका कारण सुत्केरीको उपचार हुन समस्या भएको समाचार सुनेपछि मैले रक्तदान गरेकी हूँ,...बाँकी अंश →


छोरो पाउने आसमा गर्भमै भ्रूण हत्या

डोटी, ८ वैशाख ,, जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ गैराकी २५ वर्षीया कालु विकले दुई छोरी पाएपछि अर्की पनि छोरी हुने डरले भारतको पलिया शहरमा गएर हालै गर्भपतन गराएर फर्किनुभयो । दुई छोरी पाइसक्नुभएकी कालुले अर्को सन्तान पनि छोरी हुने डरले गर्भपतन गराएको बताउनुभयो । “हामीलाई छोरो चाहिएको थियो, पलिया...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter