शनिबार, ०५ जेठ २०८१

झाडापखालाका बिरामीको चाप बढ्यो

२६ चैत्र २०७५, मंगलवार १५:२६ मा प्रकाशित

रोल्पा, २६ चैत ,, जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । बदलिँदो मौसमसँगै झाडापखाला, टाइफाइड र ज्वरोका बिरामी बढ्न थालेका हुन् । अस्पतालमा दैनिक ८० देखि ९० बिरामी आउन थालेको जिल्ला अस्पतालका डा धनमाया घर्तीले बताउनुभयो । बिरामीमध्ये अधिकांश बालबालिका छन् ।

बालबालिकामा झाडापखाला, टाइफाडड र ज्वरोको समस्या देखिएको छ । पछिल्लोपटक मौसममा आएको परिवर्तन, दुषित पानीको प्रयोग र बासी खानाका कारण समस्या बढ्दै गएको डा घर्तीले बताउनुभयो । सरसफाइमा ध्यान नदिँदा झाडापखालाको प्रकोप बढ्न थालेको हो ।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter