शुक्रबार, १४ बैशाख २०८१

प्रदेश

लागुऔषधसहित पक्राउ

बुटवल, ९ जेठ (रासस)  इलाका प्रहरी कार्यालय बुटवलले ठूलो परिणाममा लागुऔषधसहित एक युवकलाई आज पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–६ ट्राफिकचोकस्थित राजमार्गमा जाँचका क्रममा बाग्लुङ बलेवा गाउँपालिका–२ का विजय कुँवरलाई नुफिन ३५० एम्पुल्स, फेनरागन ३५० एम्पुल्स र डाइजेपाम ३५० एम्पुल्ससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । –––बाँकी अंश →


बलात्कारको दुई महिनापछि आरोपित पक्राउ

भक्तपुर, ९ जेठ (रासस)  महानगरीय प्रहरी परिसर भक्तपुरले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ५ बस्ने २३ वर्षीय सुजन खत्रीलाई गत चैत १२ गते किशोरीलाई आफ्नै घर कोठामा बोलाएर डर, त्रास र धम्की दिई जबर्जस्ती करणी गरेको...बाँकी अंश →


पत्रकार थापालाई गोगो फाउण्डेशन अवार्ड

काठमाडौँ, ९ जेठ (रासस)  गोगो फाउण्डेशनले मुलुकमा असल शासन अभिवृद्धिका लागि विशिष्ट योगदान पु¥याएबापत पत्रकार हरिबहादुर थापालाई ‘गोगो फाउण्डेशन अवार्ड’ बाट सम्मानित गर्ने भएको छ । यो वर्ष पत्रकारिताको माध्यमबाट भ्रष्टाचारविरूद्धको अभियानमा विशिष्ठ योगदान गर्नुहुने कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापालाई उक्त अवार्ड प्रदान गर्ने निर्णय गरिएको फाउण्डेसनका कार्यकारी निर्देशक केदार...बाँकी अंश →


सुरक्षा व्यवस्थापन चुस्त बनाउन निर्देशन

धनगढी, ९ जेठ (रासस)  गृहमन्त्री रामबहादुर थापाले शान्तिसुरक्षाको व्यवस्था चुस्त एवं दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । यहाँ आज आयोजित प्रदेश नं ७ स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “विकास र समृद्धिका लागि शान्ति अपरिहार्य रहेकाले शान्ति स्थापना र अमनचयन कायम गर्न कुनै कसर बाँकी राख्नु...बाँकी अंश →


वैकल्पिक राजमार्ग निर्माणको काम तीव्र

लहान, ९ जेठ (रासस)  राष्ट्रिय गौरवको योजना मानिएको सुनसरीको धरान–चतरा, गाईघाट–कटारी र सिन्धुली–हेटौँडा सडक आयोजनाको पूर्वी खण्ड निर्माण तीव्र रुपमा अघि बढेको छ । भित्री मधेशलाई काठमाडौँसँग जोडने सबैभन्दा छोटो उक्त राजमार्गको सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण गर्ने काम धमाधम अघि बढेको छ । उदयपुरको...बाँकी अंश →


शिवराज नगरपालिका –६ सन्डीमा किशोरको शव फेला

कपिलवस्तु, ९ जेठ (रासस) कपिलवस्तु शिवराज नगरपालिका –६ सन्डीमा आज बिहान बेवारिसे अवास्थमा एक किशोरको शव फेला परेको छ । चन्द्रौटा कृष्णनगर सडक खण्डको सन्डी गाउँ जाने बाटोको छेउमा कालो टिसर्ट र सेतो पाइन्ट लागएको अवस्थामा अन्दाजी १४÷१५ वर्ष जस्तो देखिने किशोरको शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी...बाँकी अंश →


‘बालबालिकाको अवस्था कहालिलाग्दो

जनकपुरधाम, ९ जेठ (रासस)  प्रदेश नं २ मा बालबालिकाको अवस्था कहालिलाग्दो रहेको प्रति ध्यानाकर्षण गराइएको छ । तथ्यांकनुसार प्रदेशमा प्रजनन दर, नवजात शिशु, शिशु र बाल मृत्युदर कहालिलाग्दो छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजाबमोजिम प्रदेशमा प्रतिमहिलामा जीवित जन्म हुने शिशु ३.० प्रतिशत छ । त्यस्तै पाँच वर्षमुनिका बालबालिका...बाँकी अंश →


बाँध निर्माण नहुँदा रौतहट डुब्ने खतरा

गौर, रौतहट, ९ जेठ (रासस)  गत साउनको अन्तिममा आएको बाढीले डुबानमा परेको रौतहट यसपालिको वर्षामा पनि डुबानमा पर्ने हो कि भन्ने त्रास स्थानीयवासीमा बढेको छ । सैँतीस जनाको ज्यान जाने गरी आएको बाढीको मुख्य कारक बनेको बकैया नदीको बाढीले सो नदीको विभिन्न स्थानबाट बाँध फुटेपछि गाउँ गाउँमा बाढी पसेको थियो...बाँकी अंश →


बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज, ९ जेठ (रासस)  बाँके जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको छ । तीन सय कैदीबन्दी बस्न सक्ने क्षमताको सो कारागारमा अहिले ६५५ कैदीबन्दी रहेको कारागार प्रमुख मोहन लामिछानेले बताउनुभयो । कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० सालमा स्थापना गरिएको नेपालगञ्जस्थित बाँके जिल्ला कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र...बाँकी अंश →


जिशिअ सुवेदी पक्राउ

इटहरी, ९ जेठ (रासस)  सेवाग्राहीसँग घुस लिदालिदैं गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदीलाई इनरुवाबाट नियन्त्रणमा लिएको छ । जिल्लाकै एक आधारभूत विद्यालयका शौचालय निर्माण र त्यसको पर्खाल लगाउने विषयमा जिल्ला समन्वय समितिबाट सहयोग रकम उपलब्ध गराउने सर्तमा रु ५० हजार घुस...बाँकी अंश →


पुस्तकालय र आकस्मिक कक्ष सञ्चालन

भक्तपुर, ९ जेठ (रासस)  स्थानीय तहमा आफू निर्वाचित भएको एक वर्ष पुगेका अवसरमा भक्तपुर नगरपालिकाले जनस्वास्थ्य कार्यालयको आकस्मिक कक्ष र जनज्योति पुस्तकालयको मंगलबार उद्घाटन भएको छ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नगरपालिकाले वडा नं २ स्थित देको–मिवा–इटापाके आवास योजनाको कार्यालय रहेको भवनमा सञ्चालनमा ल्याएको जनज्योति पुस्तकालयको उद्घाटन...बाँकी अंश →


नक्कली नागरिकता लिने भारतीय कारबाहीमा

विराटनगर, ९ जेठ (रासस)  किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ । भारत बिहार अररिया जिल्लाका ३५ वर्षीय मुजफ्फर हुसैनले किर्ते कागजका आधारमा रंगेली नगरपालिका–८ बाट २०७४ माघ १७ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएको जनाएको छ ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter