शनिबार, २२ बैशाख २०८१

सुरक्षा व्यवस्थापन चुस्त बनाउन निर्देशन

९ जेष्ठ २०७५, बुधबार १६:१५ मा प्रकाशित

धनगढी, ९ जेठ (रासस)  गृहमन्त्री रामबहादुर थापाले शान्तिसुरक्षाको व्यवस्था चुस्त एवं दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ ।

यहाँ आज आयोजित प्रदेश नं ७ स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “विकास र समृद्धिका लागि शान्ति अपरिहार्य रहेकाले शान्ति स्थापना र अमनचयन कायम गर्न कुनै कसर बाँकी राख्नु हँुदैन ।

तस्कर, गुुण्डा, डन र भ्रष्टाचारीको सूची तयार पारी कारवाही गर्नसमेत गृहमन्त्रीले निर्देशन दिनुभयो । सुरक्षा गोष्ठीमा प्रदेश नं ७ का प्रजिअले आ–आफ्नो जिल्लाको सुरक्षा व्यवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter