आइतबार, २३ बैशाख २०८१

प्रदेश ३

सन्दर्भ गणतन्त्र दिवस ः “गरीबको झुपडी कहिले बन्ने हो ?”

काठमाडौँ, १४ जेठ (रासस) ः “सिमली छायाँमा बसी भरिया लामो सास फेरेको । उमेर भइसक्यो असी झन ठूला दुःखले जेलेको छोराछोरी पालेताले यै भारीको भरमा जीवनभरि कहिल्यै पनि सुध्रिएन कर्म वैशाखको धुपमा पनि सुख पाइन मैले साउनको बाढी पहिरो भन्न पाइन मैले निमुखा यो सर्वहारा सातुको कोसेली फुकायो भिजेको जिउको...बाँकी अंश →


ठगी गर्ने दुई पेट्रोल पम्पमा सिल लगाइयो

काठमाडौँ, १४ जेठ (रासस) ः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ । नाप तौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, मन्त्रीका स्वकीय सचिव सन्तोष विष्ट र नेपाल आयल निगमको प्राविधिकसहितको टोलीले आज बिहान गरेको अनुगमनमा...बाँकी अंश →


सर्वोच्चद्वारा एमडी, एमएस र एमडिएसमा २२ लाख शुल्क कायम

काठमाडाँै, १४ जेठ (रासस) ः त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले चिकित्सा शिक्षामा एमडी, एमएस र एमडिएस अध्ययन हुने सम्बन्धन प्राप्त मेडिकल कलेजको लागि तोकेको रु २२ लाख शुल्क सर्वोच्च अदालतले कायम गरिदिएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले गत चैत २३ गते रु २२ लाख शुल्क तोक्नेसम्बन्धी गरेको निर्णयविरुद्ध युनिभर्सल इन्स्टिच्युट...बाँकी अंश →


दुई विद्यालय भवन समुदायलाई हस्तान्तरण

मलेखु, धादिङ, १४ जेठ (रासस) ः एक गैरसरकारी संस्थाले निर्माण गरेको दुई सामुदायिक विद्यालयका दुई वटा भवन आइतबार समुदायलाई हस्तान्तरण गरिएको छ । ०७२ वैशाख १२ को भूकम्पपछि ध्वस्त भएको गजुरी गाउँपालिका–६ मा रहेको जनचेतना आधारभूत विद्यालय र पुकुन आधारभूत विद्यालय आइतबार आयोजित एक समारोहका बीच समुदायलाई हस्तान्तरण गरिएको हो...बाँकी अंश →


प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत भेट्टिइन्

नुवाकोट, १४ जेठ (रासस) ः प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ«े गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् । काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका...बाँकी अंश →


झुक्याएर मिर्गौैला झिकी प्रत्यारोपण गर्ने पक्राउ

भक्तपुर, १३ जेठ (रासस) ः मानसिक रोगको औषधि सेवन गरिरहेको एक युवकको मिर्गौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले आज पक्राउ गरेको छ । प्रहरीले मोरङ विराटनगर उपमहानगरपालिका–१ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ मा डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरी परिसर...बाँकी अंश →


प्रदेशसभामा व्यवसायीको बैंक खाता फुकुवाको मा

हेटौँडा, १३ जेठ (रासस) ः प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा सांसदहरुले यातायात व्यवसायीको रोक्का गरिएको बैंक खाता फुकुवाको माग गरेका छन् । बैठकको विशेष समयमा बोल्ने १३ सांसदमध्ये अधिकांशले यस्तो माग गरेका हुन् । प्रदेशसभा सदस्य केशवराज पाण्डेले भूकम्पपीडितले छिटो घर निर्माण गर्न र आवास निर्माणका लागि सरकारले तोकेको...बाँकी अंश →


आकस्मिक कोष विधेयक, २०७५ को मस्यौदा स्वीकृत

हेटौँडा, १३ जेठ (रासस) ः प्रदेश नं ३ को मन्त्रिपरिषद्को बैठकले प्रदेश आकस्मिक कोष विधेयक, २०७५ को मस्यौदा स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयकको अवधारणापत्र मस्यौदासमेत स्वीकृत गरेको आर्थिक मामिला तथा योजनामन्त्री एवं सरकारका प्रवक्ता कैलाश ढुंगेलले जानकारी दिनुभयो...बाँकी अंश →


खैरो हिरोइनसहित तीन पक्राउ

काठमाडौँ, १३ जेठ (रासस) ः महानगरीय प्रहरी परिसरले खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त स्वयम्भूले चौमती पुल नजिक लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा बाँकेका १९ वर्षीय दिलीप गिरी, बाँकेकै २३ वर्षीय विकास केसी र काठमाडौँका २० वर्षीय रिवाज लामालाई पक्राउ गरेको हो ।...बाँकी अंश →


आन्तरिक कलह पार्टी भित्रै समाधान गछौँ ः सहमहामन्त्री महत

रसुवा, १३ जेठ (रासस) ः नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकासशरण महतले पार्टी भित्रको आन्तरिक कलह र मनकुटाव आन्तरिक रुपमै समाधान गर्ने बताउनुभएको छ । नेपाल तरुण दल रसुवाले आज यहाँ आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले सहमति, सहकार्य र एकताबाट अगाडी बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।...बाँकी अंश →


मुख्यमन्त्री पौडेल दलको नेतामा निर्वाचित

हेटौँडा, १३ जेठ ९रासस०ः नेपाल कम्युनिस्ट पार्टी प्रदेश नं ३ संसदीय दलको आज हेटौँडामा बसेको बैठकले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उक्त दलको नेतामा सर्वसम्मत निर्वाचित गरेको छ । आज यहाँ बसेको उक्त दलको बैठकमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकृत भएकामा हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ...बाँकी अंश →


उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण

ललितपुर, १३ जेठ (रासस) ः काठमाडौं उपत्यकामा विभिन्न किसिमका उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएका एक अध्ययनले देखाएको छ । वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको अधिक भूमिका रहेको देखाएको हो । हावामा कुन–कुन ग्यासको मात्रा कति छ भनेर जान्नका लागि गत वर्ष रत्नपार्कमा उपकरण...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter