आइतबार, २३ बैशाख २०८१

प्रदेश ३

सदनमा आर्थिक सर्वेक्षण पेश, चालू आवमा ५.५ प्रतिशत वृद्धिको अपेक्षा

काठमाडौँ, १३ जेठ (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४÷७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ आज सदनमा पेश गर्नुभयो । अर्थमन्त्री डा खतिवडाले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्र्दै विकासका गति र मुलुकभित्र रहेका विकासका चुनौतीलाई यसमा औँल्याउने काम भएको जानकारी दिनुभयो । उहाँका...बाँकी अंश →


उपत्यकाका एक हजार भूकम्पपीडितलाई काठ वितरण

काठमाडौँ, १३ जेठ ९रासस० ः द टिम्बर कर्पोरेशन अफ नेपालले काठमाडौँ उपत्यकामा ४८ हजार ३० क्युफिट काठ वितरण गरेको छ । विसं २०७२ वैशाख १२ मा क्षति भएको ९९४ घर पुनःनिर्माणका लागि कर्पोरेशनले काठमाडौँ, भक्तपुर र ललितपुरमा उक्त काठ वितरण गरेकामा काठमाडौँमा १४ हजार ७७०, भक्तपुरमा २६ हजार १५० र...बाँकी अंश →


बजेट मङ्गलबार ल्याइने

काठमाडौँ, १३ जेठ (रासस) ः संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को यही जेठ १५ गते बस्ने संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको अनुमान(बजेट) पेश हुने भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदलाई उक्त विषयको जानकारी दिनुभयो । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ः००...बाँकी अंश →


अनाथ बालबालिकामा लगानी बढाउन आग्रह

काठमाडौँ, १३ जेठ (रासस) ः बालबालिकाका निम्ति मायालु घर (एसओएस) ले बाबुआमा गुमाएका बालबालिकालाई सकेसम्म उनीहरुका परिवारका अन्य सदस्यकै संरक्षणमा रेखदेखको व्यवस्था मिलाउन र त्यस्ता बालबालिकालाई राज्यबाट गर्ने लगानी बढाउन आग्रह गरेको छ । बालगृह÷बालग्राममा आधारित संरक्षण कार्यलाई भन्दा परिवारकै अन्य सदस्य हजुरबा, हजुरआमा, काकाकाकी, मामामाइज्यू, ठूलोबा, ठूलीआमा अथवा नजीकको...बाँकी अंश →


प्रेसलाई अधिनायकवादका पक्षमा जबर्जस्त गरे काँग्रेस सडकमा जान्छःदेउवा

काठमाडौँ, १३ जेठ (रासस) ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताउनुभएको छ । सभापति देउवाले नेपाल प्रेस युनियनको २७ औंँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै लोकतन्त्रको अर्काे पर्याय प्रेस भएको बताउँदै प्रेसलाई धम्काउने, थर्काउने र अधिनायकवादका पक्षमा प्रयोग...बाँकी अंश →


कृष्ण सेन मदन स्मृति क्रियाशील पत्रकारिता आचार्यलाई

म्याग्दी, १३ जेठ ( रासस ) ः प्रेस सेन्टर नेपाल, म्याग्दीद्वारा स्थापित कृष्ण सेन मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार ठाकुरप्रसाद आचार्यलाई प्रदान गरिएको छ । सोहौँ कृष्ण सेन स्मृति दिवसका अवसरमा आज प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई रु पाँच हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर...बाँकी अंश →


मिथिला चित्रकलामा नयाँ पहिचान बनाउँदै पुनम

काठमाडौँ, १३ जेठ (रासस) ः मिथिला चित्रकलाका क्षेत्रमा पुनमकुमारी दासको पहिचान छुट्टै छ । बत्तीय वर्षीया दास मिथिला चित्रकलामा आफू अब्बल भएको जिकिर गर्नुहुन्छ । रासससँगको कुराकानीमा उहाँले भन्नुभयो, “महिलालाई विशेष गरी आफ्नो काममा अघि बढ्न परिवारको साथ हुनु एकदमै आवश्यक हुन्छ ।” विवाहपछि श्रीमान्ले नै आफूलाई व्यावसायिक रुपमा आफ्नो...बाँकी अंश →


चेपाङ बस्तीमा अनिकाल

चितवन, १३ जेठ (रासस) ः जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई यतिबेला दुई छाक खान धौ धौ परेको छ । चामलको भात त परको कुरा दुई छाक खोले फाँडो खान पनि मुस्किल भएको छ । राप्ती नगरपालिका वडा नं १० कोराकका पहलमान चेपाङले सिंगो गाउँमै अनिकाल लागेको बताउनुभयो ।...बाँकी अंश →


केन्पो खुकुरी मार्सल आर्टस्को समिति गठन

बनेपा, १३ जेठ (रासस) ः नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघको ३ नं प्रदेश समितिको साधारण सभाले मुक्ति विष्टको अध्यक्षतामा दश सदस्यीय कार्यसमिति गठन गरेको छ । सो समितिको उपाध्यक्षमा राजकुमार पराजुली र दीपेन्द्र घिमिरे, महासचिवमा रमेश खतिवडा, कोषाध्यक्षमा कृष्णप्रसाद सापकोटा तथा सदस्यहरुमा कृष्णहरि दाहाल, राजेन्द्र ओली, लक्ष्मी श्रेष्ठ, सन्दीप...बाँकी अंश →


एक भारी दाउरा लगेपछि विद्यालयमा वर्षभरि खाजा

मलेखु, धादिङ, १३ जेठ (रासस) ः विद्यालयमा दाउरा लानुपर्ने त होइन । विद्यालयले दाउरा किन्ने पनि होइन तर थाक्रे गाउँपालिका वडा नं ५ की निरमायाँ तामाङले एक भारी दाउरा विद्यालयमा लानुभयो । दाउरा विद्यालयमा लगेपछि उहाँ खुशी हुँदै छोराका लागि यति काम त गर्न सकियो नि । उहाँका छोरा कक्षा...बाँकी अंश →


उपसभामुख तामाङबाट विद्यार्थीलाई सहयोग

नुवाकोट, १३ जेठ (रासस) ः प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले दिवंगत बुबाआमाको सम्झनामा स्थापित ‘शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान’ मार्फत यहाँका तीन विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गर्नुभएको छ । क्यान्सर रोगका कारण ज्यान गुमाउनुभएका बुबा शेरबहादुर र आमा राम्री तामाङको सम्झनामा स्थापित उक्त प्रतिष्ठानमार्फत शिवपुरी...बाँकी अंश →


अन्तर्राष्ट्रिय चिल्ड्रेन्स थिएटर फेस्टिभल शुरु

भक्तपुर, १३ जेठ (रासस) ः चारदिने ‘दोस्रो काठमाडौँ अक्षरा इन्टरनेशनल चिल्ड्रेन्स थिएटर फेस्टिभल–२०१८’ शनिबारदेखि शुरु भएको छ । काठमाडौँको काँडाघारीस्थित अक्षरा स्कूलको आयोजनामा शुरु भएको सो फेस्टिभलमा नेपालका तर्फबाट आयोजक अक्षरा स्कूलसहित बंगलादेश, डेनमार्क, जर्मनी, भारत, इन्डोनेसिया, पाकिस्तान, रसिया, स्लोभाकिया, श्रीलंका र स्विट्जरल्याण्डका विद्यालयहरुको सहभागिता रहेको छ । फेस्टिभलमा प्रत्येक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter