आइतबार, २३ बैशाख २०८१

प्रदेश ३

तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन

विराटनगर, १६ जेठ (रासस) ः आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल रु तीन अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले यस महिनासम्ममा कूल रु चार अर्ब २१ करोड एक लाख १२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य...बाँकी अंश →


शिक्षा र स्वास्थ्यमा शुल्क हटाउने कुराको स्वागत

काठमाडौँ, १६ जेठ (रासस) ः सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा शिक्षा र स्वास्थ्य सेवामा लगाइएको कर हटाउने व्यवस्था गरेपछि निजी क्षेत्रले स्वागत गरेको छ । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) र स्वास्थ्य क्षेत्रको निजी संस्था एशोसिएसन अफ प्राइभेट हेल्थ इस्च्यिुट, नेपाल (अफिन)ले शिक्षा र स्थास्थ्य सेवामा लगाइएको...बाँकी अंश →


स्वच्छ वातावरण महाअभियानको शुभारम्भ

काठमाडौँ, १६ जेठ (रासस) ः सभामुख कृष्णबहादुर महराले वन तथा वातावरण मन्त्रालयको पहलमा शुरु भएको ‘स्वच्छ वातावरण महाअभियान, २०७५’ को शुभारम्भ गर्नुभएको छ । विश्व वातावरण दिवसको सन्दर्भ पारेर आजदेखि शुरु भएको स्वच्छ वातावरण महाअभियानको उहाँले काठमाडौँस्थित शंखपार्कको सडकमा कुचो लगाउँदै शुभारम्भ गर्नुभएको हो । सो अवसरमा सभामुख महराले स्वच्छ...बाँकी अंश →


अनाथ बालबालिकालाई सहयोग

सिन्धुली, १६ जेठ (रासस) ः युवा व्यवसायी क्लब सिन्धुलीले यहाँका अनाथ बालबालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ । शैल शिखर अनाथालयमा बस्दै आएका १० जना अनाथ बालबालिकाका लागि क्लबले रु २० हजार सहयोग गरेको हो । क्लबका अध्यक्ष सञ्जीव सुन्दासले अनाथालयका विष्णु देवकोटालाई सो रकमकोे चेक हस्तान्तरण गर्नुभयो ।बाँकी अंश →


नौ व्यवसायीमाथि मुद्दा दायर

कैलाली, १६ जेठ (रासस) ः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चालू आर्थिक वर्षको हालसम्ममा खाद्य ऐन नियमबमोजिम नौ व्यवसायीमाथि मुद्दा दायर गरेको छ । आज यहाँ दशौँ राष्ट्रिय स्वच्छता दिवसकको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नमूना संकलनका क्रममा गुणस्तरहीन उपभोग्य सामान...बाँकी अंश →


भूकम्पपीडित भन्छन्– सरकार घर कसरी बनाउनु

भक्तपुर, १६ जेठ (रासस) ः “सरकार मेरो घर भूकम्पले भत्कायो, भत्किएकै ठाउँमा घर बनाउन खोज्दैछु, तर भूकम्पपीडितबाटै मेरो नाम नै काटिएछ, गुनासो फाराम भर्दा पनि सम्बोधन भएन, मैले कसरी घर बनाउनु ?” सूर्यविनायक नगरपालिका–४ दधिकोटमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज भूकम्पपीडितका लागि आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै शिकारीटारका...बाँकी अंश →


समृद्धि हुँदै समाजवादको यात्रा ः प्रधानमन्त्री

काठमाडौँ, १६ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताउनुभएको छ । विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल) ले आयोजना गरेको “माक्र्सवाद र समाजवाद” विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको...बाँकी अंश →


औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह

काठमाडौँ, १६ जेठ (रासस) ः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कतारसँग रुग्ण उद्योग पुनःस्थापना र अन्य औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । नेपालका लागि कतारका राजदूत युसुफ बिन महमद अल हेयलसँग आज भएको भएको शिष्टाचार भेटमा कतारमा कार्यरत चार लाख नेपालीको सुरक्षा र अधिकारका विषयमा पनि चासो...बाँकी अंश →


बंगलादेशसँगको व्यापारघाटा घटाउन वाणिज्य वार्ता

काठमाडौँ, १६ जेठ ९रासस० ः बंगलादेशसँगको व्यापारघाटा कम गर्ने तथा पारस्परिक व्यापार प्रवद्र्धनका उपाय पहिल्याउन नेपाल र बंगलादेशका उच्च सरकारी अधिकारीबीचको बैठक यहाँ शुरु भएको छ । सोह्रवर्षअघि अवरुद्ध भएको नेपाली धागो निकासीलाई पुनः पूर्ववत् ढंगले बंगलादेशी बजारमा पु¥याउने विषयलाई नेपालले बैठकको कार्यसूचीको पहिलो प्राथमिकतामा राखेको छ । नेपाल–बंगलादेश चौथो...बाँकी अंश →


सैँजूको निधन

भक्तपुर, १६ जेठ ९रासस० ः विराट नेपालभाषा साहित्य सम्मेलन गुथीका संस्थापक सदस्य एवं जिल्लामा नेपालभाषा, साहित्य र राजनीतिक जागरणका अगुवा रत्नगोपाल सैँजूको ८७ वर्षको उमेरमा निधन भएको छ । सिनामंगलको केएमसी अस्पतालमा उपचारका क्रममा निधन हुनुभएका उहाँको मंगलबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उक्त गुथीका सचिव बाबुकाजी श्रेष्ठले बताउनुभयो ।...बाँकी अंश →


बजेट ३० प्रतिशत समाजवादतर्फ उन्मुख

चितवन, १६ जेठ (रासस) ः सरकारले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरुले विगतको भन्दा पृथक् बजेट आए पनि उद्योग व्यवसायमैत्री बजेट हुन नसकेको प्रतिक्रिया दिएका छन् । उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारीले नेपालीले बहुमत सरकारले ल्याउने बजेटको जुन अपेक्षा गरेका...बाँकी अंश →


खुला विश्वविद्यालय

काठमाडौँ, १६ जेठ (रासस)ः पहिलो पटक खुलेको खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । नयाँ विषय र घरमा बसी पढ्न सकिने विश्वविद्यालयमा आकर्षण बढेको विश्वविद्यालका उपकुलति डा लेखनाथ शर्माले जानकारी गराउनुभयो । ‘‘पैसा र समय भएर पनि नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्ने र वर्षाैँदेखि पढाइ छुटेकाहरुले जुनसुकै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter