शनिबार, ०५ जेठ २०८१

प्रदेश ३

लालपूर्जा नभएकाहरुलाई घर बनाउने सुविधा दिनुपर्ने माग

हेटौँडा, २२ जेठ (रासस) ः प्रदेश नं ३  प्रदेशसभाको आजको बैठकमा यही जेठ १८ गते प्रदेश सरकारले आव २०७५÷७६ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ । बैठकमा नेकपाका रामेश्वर फुयाँलले राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकता दिनुपर्ने, काठमाडौँमा सडक व्यवस्थापन गर्नुपर्ने, १३ वटै जिल्लामा खानेपानीको सुविधा पु¥याउनुपर्ने...बाँकी अंश →


युवा उद्यमशीलता प्रदर्शनी सम्पन्न

काठमाडौँ, २२ जेठ (रासस) ः नयाँ उद्यमको विकास र दिगो वृद्घिका लागि सहकार्य भन्ने नाराका साथ देशका सातै प्रदेशमा छरिएर रहेका ४७ नयाँ उद्यमीको प्रदर्शनी करीब एक हजार दर्शकले अवलोकन गर्दै सम्पन्न भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र अन्तरप्रेरणा नामक निजी क्षेत्रद्वारा सञ्चालित कम्पनीले संयुक्तरुपमा सोमबार त्रिपुरेश्वरमा आयोजना...बाँकी अंश →


सबै संस्कृतिको संरक्षण गर्नुपर्छः उपराष्ट्रपति

काठमाडौँ, २१ जेठ (रासस) ः उपराष्ट्रपति नन्दबहादुर पुनले बहुजाति, बहुभाषा र वेशभूषा रहेको नेपालका सबैका संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताउनुभएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनले इस्लाम समुदायको रमजान पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधानले सबैका अधिकार सुरक्षित बनाएको हुँदा सबै जाति र समुदाय राष्ट्रको...बाँकी अंश →


कार्ययोजनाको अभावमा खानेपानी उद्योग समस्यामा

पनौती, २१ जेठ (रासस) ः प्रभावकारी व्यवस्थापन तथा व्यावसायिक कार्ययोजनाको अभावमा नेपाल खानेपानी संस्थानले स्थापना गरेको खानेपानी उद्योग सञ्चालन गर्न नै समस्या परेको छ । स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ संस्थानले काभ्रेपलान्चोकको पनौतीमा स्थापना गरेको उद्योगले उत्पादन गर्ने खानेपानी बिक्री वितरणका लागि व्यावसायिक कार्ययोजनाको अभाव देखिएको छ । संस्थानले...बाँकी अंश →


स्वरोजगार बन्दै विद्यार्थी

ललितपुर, २१ जेठ (रासस) ः विद्यालय तहमा प्राविधिक शिक्षा पढेका विद्यार्थी कक्षा १२ सकिँदासम्म स्वरोजगार बनेका छन् । लुभूस्थित विश्वमित्र गणेश माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ सकेका विद्यार्थीले विद्युत् जडानको काम गरेर आयआर्जन गर्न थालेको सहायक प्रधानाध्यापक रवीन्द्र थापाले बताउनुभयो । विद्यालयले चार वर्ष पहिलेदेखि कक्षा ९ बाट प्राविधिक विषयअन्तर्गत यो...बाँकी अंश →


मूल्य वृद्धि फिर्ता गर्न माग

काठमाडौँ, २१ जेठ (रासस) ः देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिई उपभोग्य वस्तुमा बढेको महँगी घटाउन सरकारसँग माग गरेको छ । मोर्चाका अध्यक्ष सिपी गजुरेलले आज एक विज्ञप्तिमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लगाउँदै आएको वर्तमान सरकारले पेट्रोलियम पदार्थको पाँचौँपटक मूल्य वृद्धि गरेको जनाएको छ...बाँकी अंश →


धादिङमा व्यावसायिक रुपमा क्यानोनिङ शुरु

मलेखु, धादिङ, २१ जेठ (रासस) ः दक्षिणी धादिङको थाँक्रे गाउँपालिका–६ स्थित रानीझरनामा शनिबारदेखि व्यावसायिकरुपमा छाँगाबरोहण (क्यानोनिङ) शुरु भएको छ । नेपाल क्यानोनिङ एशोसियशनले थाँक्रे गाउँपालिकाको सहयोगमा रानीझरना क्षेत्रको पूर्वाधारको सुधार गरी व्यावसायिक शुरुवात गरेको र पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताउनुभयो । शनिबार रानीझरना क्षेत्रमा...बाँकी अंश →


संसदीय अभ्यास नियाल्दै खुशीले दंग भए विद्यार्थी

काठमाडौँ, २० जेठ (रासस) ः सुशील थापा आदर्श जनप्रेमी मावि कौशलटारमा कक्षा १० मा अध्ययन गर्छन् । संघीय संसद्को काम कारबाही कसरी सञ्चालन हुन्छ र सांसद संसद्मा कसरी आफ्नो भूमिका निर्वाह गर्छन् भन्ने उनको मनमा जिज्ञासा थियो । टेलिभिजनमा मात्रै देखिने सभामुख, उपसभामुख तथा सांसदहरुलाई प्रत्यक्षरुपमा भेट्ने र केही जिज्ञासासमेत...बाँकी अंश →


प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट

काठमाडौँ, २०, जेठ (रासस) ः प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल इन्टरनेशनलको व्यवस्थापनमा जारी उक्त प्रतियोगितामा आर्मीले प्रदेश नं ४ लाई पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ‘ए’ अन्तर्गत मूलपानी मैदानमा भएको...बाँकी अंश →


शिक्षकलाई अब मासिक रुपमा तलब

दोलखा, २० जेठ (रासस) ः चौमासिक तलब बुझ्दै आएका शिक्षकले अब आउँदो आर्थिक वर्षदेखि मासिक रुपमा तलब पाउने भएका छन् । नेपाल शिक्षक महासंघले बुझाएको ज्ञापनपत्र बुझ्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले नगरक्षेत्रमा कार्यरत शिक्षकलाई मासिक रुपमा तलब दिने घोषणा गर्नुभयो । गुणस्तरमा कुनै सम्झौता गर्न नसकिने जानकारी गराउँदै उहाँले...बाँकी अंश →


मन्त्रीद्वयबाट सवारीसाधनको प्रदूषण छड्के चेकजाँच

काठमाडौँ, २० जेठ (रासस) ः गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले आज थापाथली चोकमा पुगेर सवारीसाधनको प्रदूषणको छड्के चेकजाँच गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज मन्त्रीद्वय सडकमै पुगेर प्रदूषण चेकजाँचमा सहभागी हुनुभएको हो । सो क्रममा...बाँकी अंश →


नुवाकोट गोल्डकप ः नुवाकोटबाट फ्रेण्डस ५–० ले पराजित

नुवाकोट, १९ जेठ (रासस) ः नुवाकोटमा जारी रहेको ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा आज घरेलु टोली नुवाकोटले फ्रेण्डस क्लब काठमाडौलाई ५–० गोल अन्तरले हराएको छ । बट्टारस्थित खेल मैदानमा भएको प्रतिस्पर्धामा नुवाकोट–११ ले बलियो प्रतिद्वन्द्वी फ्रेण्डस क्लबलाई फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नुवाकोट टोलीले खेलको पहिलो हाफको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter