शनिबार, ०५ जेठ २०८१

सैँजूको निधन

१६ जेष्ठ २०७५, बुधबार १२:५९ मा प्रकाशित

भक्तपुर, १६ जेठ ९रासस० ः विराट नेपालभाषा साहित्य सम्मेलन गुथीका संस्थापक सदस्य एवं जिल्लामा नेपालभाषा, साहित्य र राजनीतिक जागरणका अगुवा रत्नगोपाल सैँजूको ८७ वर्षको उमेरमा निधन भएको छ ।

सिनामंगलको केएमसी अस्पतालमा उपचारका क्रममा निधन हुनुभएका उहाँको मंगलबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उक्त गुथीका सचिव बाबुकाजी श्रेष्ठले बताउनुभयो ।

पञ्चायती व्यवस्थाले नेपाली जनताको हक, अधिकार र भाषिक स्वतन्त्रताको हनन गरेपछि तानाशाही व्यवस्थाको विरुद्धमा आवाज बुलन्द गर्न सैँजूले सो गुथी स्थापना गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter