मङ्गलबार, ०५ असार २०८१

काँग्रेसलाई सुध्रिने सुनौलो मौका ः प्रवक्ता शर्मा

१९ जेष्ठ २०७५, शनिबार २१:११ मा प्रकाशित

सल्यान, १९ जेठ (रासस) ः नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसका लागि सुध्रिने सुनौलो अवसर आएको बताउनुभएको छ ।

नेपाल शिक्षक संघको २९ औँ प्रतिनिधिसभालाई आज यहाँ सम्बोधन गर्दै शर्माले प्रतिपक्षमा बसेर बिग्रेको काँग्रेस सुधार्ने अहिले नै सबैभन्दा राम्रो अवसर रहेको बताउनुभयो ।

मदन भण्डारीको जनताको बहुदलीय जनवाद आत्मसात गरेको नेकपा (एमाले) ले भण्डारीको निधन भएको २५ वर्षपछि उहाँको विचारलाई समेत मारेको आरोप लगाउनुभयो ।

एकपटक चुनाव हार्दैमा नआत्तिन काँग्रेस कार्यकर्ताहरूलाई आग्रह गर्दै शर्माले भन्नुभयो, “पात झर्दैमा रुख सुक्दैन, नआत्तिनुस, लोकप्रियताका लागि कम्युनिष्टहरूले नारा मात्रै बेचेका हुन्, उनीहरूको नारा लगाउनु र काम गर्नुको अन्तर अब थाहा पाउँछौँ ।” शर्माले भन्नुभयो ।

अहिले कम्युनिष्टको आँधीहूरी आएको भन्दै शर्माले केही हाँगा भाँच्चिदैमा काँग्रेस नमर्ने बताउनुभयो । काँगे्रस कार्यकर्तालाई रुखको जरा बनेर अडिग रहन उहाँले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री जस्तो व्यक्तिले हरेक कुरालाई हल्का टिप्पणी गर्ने गरेको भन्दै शर्माले प्रधानमन्त्रीलाई जिम्मेवार भएर बोल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
––––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter