शुक्रबार, २१ बैशाख २०८१

प्रधानमंत्रीलाई ज्ञापनपत्र ईदलाई पुनः राष्ट्रीय बिदामा राख्न मांग

१८ जेष्ठ २०७५, शुक्रबार २०:२० मा प्रकाशित

केयरखबर ,बिराटनगर

‛मौलिक अधिकार खोज्दै’ नामक अभियान  चलाई रहेको मोरंग मुस्लिम समाजले ईद पर्व लाई पुनः राष्ट्रिय बिदा दिनु पर्ने मांग गरेको छ ।कब्रस्तानलाई कब्रस्तानको नाममा दर्ता, मदरसा शिक्षालाई मूलधारमा ल्याउने , समावेशी समानुपातिक शैक्षिक प्रणाली लाई ब्यवहारिक गर्ने अनुरोध गर्दै प्रधानमंत्री ओली लाई एक नम्बर प्रदेशका मुख्यमंत्री शेरधन राई मॉर्फत आज ज्ञापन पत्र बुझाएको छ ।

मोरंग मुस्लिम समाजले मुख्यमंत्री राई र ओली लाई ज्ञापन पत्र बुझाई आफ्नो पहिलो चरणको आंदोलन सम्पन्न गरेको छ ।भने दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छैन ।

संघीय सरकारले हाम्रो धार्मिक किर्याकलाप बाट विमुख गराई मौलिक हक अधिकारको लागि आंदोलन गर्न बाध्य बनाएको भन्दै घोर भर्त्सना सहित ईद र बकरीद को बिदा लाई पुनः राष्ट्रिय बिदामा समावेश गर्न मांग गरेको छ ।

 

Photo via  Zafar Ahmad Jamali

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter