शनिबार, २२ बैशाख २०८१

प्रदेश ४

ऐनकानून छिटो बन्छन्ः अध्यक्ष तिमिल्सिना

बागलुङ, २१ जेठ(रासस)ः राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधानको पूर्ण कार्यान्वयनका लागि ऐनकानून छिट्टै बन्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संसद्मा विधेयक र बजेटमाथिको छलफल एकसाथ चलिरहेकाले प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कानून छिट्टै निर्माण हुने उल्लेख गर्नुभयो । आजै अध्यक्ष...बाँकी अंश →


निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक ः अध्यक्ष प्रचण्ड

पोखरा, २१ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सामान्य मानिसले धान्नै नसक्ने गरी निर्वाचन खर्चिलो बन्ने गरेकाले यसको परिवर्तनका लागि...बाँकी अंश →


विमानस्थल पुग्ने सडकको बेहाल

बागलुङ, २१ जेठ (रासस) ः बलेवा विमानस्थल पुग्ने सडकको अवस्था बेहाल छ । बन्द भएको २६ वर्षपछि विमानस्थल चले पनि सडककै कारण यात्रुलाई सास्ती छ । सदरमुकामदेखि १३ किमीको दूरीमा रहेको विमास्थल पुग्न मोटरमा डेढ घण्टा लाग्छ । वर्षा नलाग्दैको छिटफुट झरीले पनि सडक हिलाम्मे बनाउँछ । साँधुरोसँगै स्तरीय सडक...बाँकी अंश →


बजेट लोकप्रियताका लागि नभई उत्पादनमुखी ः मुख्यमन्त्री गुरुङ

पोखरा, २१ जेठ (रासस) ः प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको आगामी बजेट लोकप्रियताका लागि नभई उत्पादनमुखी हुने बताउनुभएको छ । प्रदेश नं ४ भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज पोखरामा आयोजित नविकरणीय ऊर्जासम्बन्धी अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले उत्पादन र उत्पादकत्व वृद्धिका साथै दिगो विकासमा...बाँकी अंश →


भरियालाई आठ करोड जरिवानासहित १० वर्ष कैद

बेसीशहर, लमजुङ, २१ जेठ (रासस) ः अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका एक युवकलाई रु आठ करोड १६ लाख १४ हजार ९६० जरिवानासहित १० वर्ष छ महिना जेल सजाय भएको छ । लमजुङ जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत ज्याला मजदूरी गर्दै...बाँकी अंश →


अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गर्ने दुई युवा पक्राउ

फलेवास, पर्वत, २१ जेठ (रासस) ः अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पर्वतको कुस्मा बजारस्थित माझमेलाको जंगलमा लगेर युवतीलाई जबर्जस्ती गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको हो भने पर्वतको जलजला गाउँपालिकामा एक अपांग बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने युवा पनि पक्राउ...बाँकी अंश →


संघीयता कार्यान्वयन उल्टो हुँदा सरकारलाई पनि दुःख ः मुख्यमन्त्री गुरुङ

सुन्दरबजार, लमजुङ, २० जेठ (रासस) ः प्रदेश नंंं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा संघीय शासन प्रणाली कार्यान्वयन उल्टो भएको दाबी गर्नुभएको छ । लमजुङको सुन्दरबजार नगरपालिकाको दोस्रो नगरसभा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । शासन प्रणाली कार्यान्वयन उल्टो हुँदा स्थानीय तह व्यवस्थित हुन नसकेको र सरकारले पनि...बाँकी अंश →


बन्दीपुरलाई साहित्यिक पर्यटनसँग जोड्दै सर्जकहरू

बन्दीपुर तनहु, २० जेठ (रासस)ः ‘बन्दीपुरे उकाली लामो, मस्र्याङ्दी डुंगाले तरेर... ।’ मबिबि शाहको लेखन र तारादेवीद्वारा गाइएको प्रस्तुत पुरानो गीत अहिले पनि यहाँको जनजिब्रोमा छाउने गरेको छ । तत्कालीन राजा महेन्द्रलाई समेत लोभ्याएको बन्दीपुर वरपरका रमणीय पहाडी दृश्यका साथै परम्परागत बस्तीले यस ठाउँलाई पहाडकी रानी उपनामले समेत चिनिन्छ ।...बाँकी अंश →


अधिकारको लडाइँ निरन्तर लड्नुपर्छ – अध्यक्ष भट्टराई

पोखरा, १९ जेठ (रासस)ः नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनको संस्थागत गर्दै थप अधिकारका लागि निरन्तर लडाइँ लडिरहनुपर्ने बताउनुभएको छ । नयाँशक्ति पार्टीको भातृ संगठन तमु राष्ट्रिय परिषद नेपालको दोस्रो राष्ट्रिय भेलाको आज पोखरामा उद्घाटन गर्दै उहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक...बाँकी अंश →


साधन स्रोतको न्यायोचित वितरण हुनुपर्छ ः मुख्यमन्त्री गुरुङ

बागलुङ, १९ जेठ (रासस) ः प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यका सबै तहमा साधन स्रोतको न्यायोचित वितरण हुनुपर्ने बताउनुभएको छ । बागलुङ नगरपालिकाद्वारा आज यहाँ आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “राज्यको स्रोत साधानमा सबैको बराबरी हक लाग्छ ।” “स्रोत साधनको न्यायोचित वितरण हुनुपर्छ”, मुख्यमन्त्री गुरुङले...बाँकी अंश →


सिमेन्टको बढ्दो प्रयोगसँगै घान्द्रुकको मौलिकता हराउने चिन्ता

पोखरा, १८ जेठ (रासस)ः “घान्द्रुकमा धमाधम भौतिक संरचना निर्माणमा सिमेन्ट तथा बालुवाको प्रयोग बढ्न थालेका कारण कतै यहाँको मौलिकपन हराउने त होइन भन्ने चिन्ता बढ्नु स्वभाविकै हो,”– घान्द्रुकका स्थानीयवासी रुपबहादुर गुरुङले भन्नुभयो । चिटिक्क मिलेका ढुंगाले छाएका र सर्लक्क ढुंगाले छापिएको बस्ती घान्द्रुकको विशिष्टता भए पनि पछिल्लो दुई दशकयता यस...बाँकी अंश →


अन्नपूर्ण सेञ्चुरी महोत्सवको तेस्रो चरण शुरु

पोखरा, १७ जेठ (रासस)ः विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको एक अन्नपूर्ण चक्रीय पदमार्गको प्रवद्र्धन र विकासको लक्ष्यका साथ २०७४ असोज २५ गते अन्नपूर्ण आधार शिविरबाट शुरु भएको अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको तेस्रो चरण आजदेखि शुरु भएको छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव मूल आयोजक समितिको आयोजनामा भएको महोत्सवको तेस्रो चरणको कार्यक्रमको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter