शुक्रबार, २१ बैशाख २०८१

प्रदेश ४

पचहत्तर युनिट रगत संकलन

पोखरा, २५ जेठ (रासस) ः विश्व रक्तदान दिवसको सन्दर्भमा पोखरा नागरिक उड्डयन कार्यालय विमानस्थल सुरक्षा गार्डको आयोजनामा आज पोखरामा आयोजित रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ । विमानस्थलमा कार्यरत सुरक्षाकर्मी एवं कर्मचारीका साथै विभिन्न हवाई उडान कम्पनीका कर्मचारीसमेतलाई लक्षित गरी स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रहरी...बाँकी अंश →


पर्यटकीय विकासमा सघाउन तालीम

पोखरा, २५ जेठ (रासस) ः पर्यटन क्षेत्रको विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ पोखरामा बिहीबारदेखि दक्षता अभिवृद्धि विषयक तीन दिवसीय तालीम शुरु भएको छ । ‘पर्यटन प्रवद्र्धन सँगसँगै’ भन्ने मूलनाराका साथ पोखरा सिटी रेवान, नेपाल पर्यटन बोर्ड र सिटिइभिटीको प्राविधिक सहयोगमा स्वस्थ खानाका परिकार तयार गर्नुका साथै...बाँकी अंश →


उद्योग सञ्चालन भएपछि रोजगारीको अवसर

बाबियाचौर, म्याग्दी, २४ जेठ (रासस) ः जिल्लामा नेपाली कागज उद्योग स्थापना भएपछि जंगलमा खेर गइरहेको लोक्ताको सदुपयोग हुनाका साथै स्थानीयवासीलाई रोजगारी र आयआर्जनको अवसर मिलेको छ । जिल्लाका विभिन्न ठाउँमा अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज उत्पादन गर्न उद्योग स्थापना गरिएको हो । जंगलमा लोक्ता संकलन, प्रशोधन र नेपाली कागज...बाँकी अंश →


विद्युत् केन्द्रमा तोडफोड गर्ने चार प्रक्राउ

बेनी, म्याग्दी, २४ जेठ (रासस) ः विगत तीन दिनदेखि दैनिक आठ घण्टाभन्दा बढी समयसम्म विद्युत् सेवा कटौती गरेको विरोधमा नेपाल विद्युत् प्राधिकरण, बेनी वितरण केन्द्रको कार्यालयमा तोडफोड गर्न पुगेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति अबेरसम्म पनि विद्युत् नदिएको भन्दै धर्ना बस्न भन्दै प्राधिकरणको कार्यालय अगाडि जम्मा भएको...बाँकी अंश →


एउटै प्लान्टबाट विद्युत्, बायोग्यास र जैविक मल

वालिङ, स्याङ्जा, २४ जेठ (रासस) ः स्याङ्जाको पुतलीबजार नगरपालिका–४, नागडाँडामा खिलुङ कालिका एग्रोफर्मको शाखा उद्योगबाट विद्युत्, बायोग्यास र जैविक मल उत्पादन भएको छ । कम्पनीले विद्युत् र बायोग्यास केही समय अगाडि उत्पादन गरेको हो भने गत सातादेखि जैविक मल उत्पादन शुरु गरेको हो । स्याङ्जाको भिरकोट नगरपालिका–७ ठाडाखेतमा रहेको खिलुङ...बाँकी अंश →


रु पचास हजार छात्रवृत्ति वितरण

पोखरा, २४ जेठ (रासस) ः पोखरा लेखनाथ महानगरपालिका–७ महतगौडास्थित जानकी आधारभूत विद्यालयमा बुधबार आयोजित एक समारोहकाबीच रु ४९ हजार ६०० बराबरको छात्रवृत्ति वितरण गरिएको छ । नेपाल सरकारद्वारा सरकारी विद्यालयमा अध्ययन गर्ने दलित छात्रछात्राका लागि रु ४०० र अन्य विद्यार्थीका लागि ५० प्रतिशत अर्थात रु २०० का दरले कूल १२४...बाँकी अंश →


पोखरामा भारतीय पर्यटकको चाप बढ्यो

पोखरा, २३ जेठ (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथ भ्रमण अघिसम्म विशेषतः दक्षिण भारतबाट बढी मात्रामा धार्मिक पर्यटक आउने गरेका थिए । मोदीको भ्रमणपछि भने दक्षिण भारतबाट मात्र नभइ उत्तर भारतका पर्यटक पनि मुक्तिनाथ लगायतका तीर्थस्थलको दर्शनका लागि आउने क्रम वृद्धि भएको छ । पछिल्लो समयमा पोखरा...बाँकी अंश →


हाइड्रोपावर इञ्जिनियरिङ विषयको पढाइ शुरु

काठमाडौँ, २३ जेठ (रासस)ः पोखरा विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहमा ‘हाइड्रोपावर इञ्जिनियरिङ’ विषयको पढाइ शुरु गर्ने भएको छ । नेपालमा जलविद्युत् परियोजनका लागि दक्ष इञ्जिनियर उत्पादन गर्ने उद्देश्यले सो विषयमा पढाइ शुरु गर्न थालिएको विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीले जानकारी दिनुभयो । ‘‘नेपालमा बढ्दो...बाँकी अंश →


पोखरामा एकैदिन पाँचवटा विपद् उद्धारको नमूना अभ्यास

पोखरा, २२ जेठ (रासस) ः “गुहार ! गुहार ! लौन घरमा आगो लाग्यो बचाउ, बचाउ ।” बिहान लगभग ११ बजेतिर पोखराको फूलबारीस्थित मनिपाल शिक्षण अस्पताल नजिकैका सानासाना छाप्रामा आगो लागिरहेको थियो, मानिसहरूको चित्कार सुनिन्थ्यो । स्याउलाले बारेर टिनले छाएका विभिन्न आठवटा छाप्रामा एकपछि अर्को गर्दै आगो लागिरहँदा मानिसहरू घरका समान...बाँकी अंश →


जीवनभरको कमाइ समाजसेवामा

बागलुङ, २२ जेठ (रासस) ः लामा सेतै फुलेका दाह्रीजुँगा, बुढ्यौली झल्कने अनुहार, पुराना लुगाले छोपिएको शरीर, ठेला परेका हत्लेका र पैताला, एक जोर पुराना चप्पल देख्दा जीवनको उत्तरार्धमा पुगिसक्नुभएका होमबहादुर क्षेत्री धेरै काम गर्न सक्नुहुन्न तर ६८ वर्षीय क्षेत्रीको लेखाजोखा एकै हेराइमा गर्न खोजियो भने त्यो गलत हुन्छ । नौ...बाँकी अंश →


म्याग्दीको कुहुँमा १७ औँ शताब्दीको सुरुङमार्ग

बेनी, म्याग्दी, २२ जेठ (रासस) ः म्याग्दीको मंगला गाउँपालिका–१, कुहूँको शिरानमा कुहुँ मालिका मन्दिर नजिकै रहेको १७ औँ शताब्दीको ऐतिहासिक सुरुङमार्ग भेटिएको छ । जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग ओझेलमा परेको छ । बाइसे÷चौबिसे राज्यअन्तर्गत तत्कालीन समयमा शक्तिशाली मानिएका राजा डिम्ब मल्लले शत्रुसँग...बाँकी अंश →


चार किलोमा पहिरो ः मुग्लिन सडक एकतर्फी

रत्ननगर, चितवन, २२ जेठ (रासस) ः चितवनको नारायणगढ —मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो भन्ने स्थानमा आज बिहान ४ः५५ बजे पहिरो खस्दा सडक एकतर्फ मात्र सञ्चालन भएको छ । राति परेको पानीका कारण यहाँ पहिरो खसेको हो । अहिले पनि पानी पर्ने क्रम चितवनमा रोकिएको छैन । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter