शनिबार, ०५ जेठ २०८१

अधिकारको लडाइँ निरन्तर लड्नुपर्छ – अध्यक्ष भट्टराई

१९ जेष्ठ २०७५, शनिबार २१:०३ मा प्रकाशित

पोखरा, १९ जेठ (रासस)ः नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनको संस्थागत गर्दै थप अधिकारका लागि निरन्तर लडाइँ लडिरहनुपर्ने बताउनुभएको छ ।

नयाँशक्ति पार्टीको भातृ संगठन तमु राष्ट्रिय परिषद नेपालको दोस्रो राष्ट्रिय भेलाको आज पोखरामा उद्घाटन गर्दै उहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक लोकतन्त्र कसैको दयामाया नभई विभिन्न आन्दोलनको बलबाट प्राप्त भएको बताउनुभयो ।

नेपालको सन्दर्भमा अधिकांश नेताहरू सत्तामा गएपछि गुलियोमा लट्पटिएर जनताप्रति गरेका प्रतिबद्धता बिर्सने र विभिन्न कुतर्क गरेर आप्mनो सत्ता लोलुपता ढाकछोप गर्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।

बैंक मर्जर गरेजस्तै दुई ठूला पार्टी एक भएर अन्य पार्टीलाई सरकारमा सामेल गरेपनि सहमति कार्यान्वयन नहुने ठोकुवा गर्दै उहाँले यतिखेर सरकारमा जानु भनेको आप्mना अधिकारका मुद्दा छोडेको सरह हो भन्नुभयो ।

कार्यक्रममा उहाँले तमु राष्ट्रिय परिषद् नेपालको घोषणापत्र र विधान सार्वजनिक गर्नुभएको थियो ।

दुई दिने उक्त भेलामा मुलुकका विभिन्न जिल्लाबाट चारसयभन्दा बढी प्रतिनिधिले भाग लिने तमु राष्ट्रिय परिषद नेपालका अध्यक्ष विनोदकुमार गुरुङले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter