शुक्रबार, १४ बैशाख २०८१

प्रदेश ३

भ्याट बिल नकाट्नेलाई कारवाही गरिने

चितवन, २१ वैशाख (रासस) ः आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ । करको दायरामा नआउने र आएर पनि कम बिल काट्ने गरेको पाइएपछि कार्यालयले अध्ययन थालेको हो । मूल्य अभिवृद्धि करबाट उठ्नु पर्ने राजश्व सन्तोषजनक नदेखिएपछि अनुगमनलाई तीव्र बनाएर अध्ययन थालिएको कार्यालयका प्रमुख थानप्रसाद...बाँकी अंश →


विरोधका कारण सवारी साधन चलेलन

हेटौँडा, २१ वैशाख (रासस) ः निजी क्षेत्रबाट सञ्चालित भाडाका सवारी साधनको एकाधिकार खारेज गर्ने सरकारी निर्णयका विरुद्ध आज बिहानैदेखि हेटौँडा–काठमाडौँ, हेटौँडा–वीरगञ्ज, हेटौँडा–चितवनतर्फ जाने भाडाका सवारी साधन सञ्चालन हुन सकेनन् । निजी यातायात व्यवसायीको विरोधका कारण स्थानीय यातायात सेवा पनि प्रभावित भयो ।पालुङ, भीमफेदी, कुलेखानी, फापरबारी र लोथरबाट हेटौँडा आउने जाने...बाँकी अंश →


अस्पतालको लापर्बाही, ब्लड क्यान्सरको औषधिमा धमिरा

रत्ननगर, चितवन, २१ वैशाख (रासस) ः चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको लापर्बाहीका कारण ब्लड क्यान्सरका लागि प्रयोग हुने औषधि राखिएको ठाउँमा धमिरा लागेको पाइएको छ । असुरक्षित रुपमा औषधि राख्दा महत्वपूर्ण ग्लिभेक नामको औषधिमा धमिरा लागेको हो । उक्त औषधि क्रोमिक माइलोइड ल्यूकेमिया (सिएमएल)का बिरामीलाई खुवाइन्छ । म्याक्स...बाँकी अंश →


मुस्लिम युवा समुह हर्मीद्वारा अग्नि पीडितलाई सहयोग हस्तान्तरण

गोर्खा १७ बैशाख २०७५ , हर्मी गोर्खा सिरान्चोक गाउँपालिका हर्मी बयापानी स्थित स्थानीय बासिन्दा बम बहादुर गुरुङलाई मुस्लिम युवा समूह हर्मी द्वारा सहयोग स्वरुप नगद रु २०,०००/-(अक्षरुपि बीस हजार) हस्तान्तरण गरिएको छ । मुस्लिम युवा समुहका अलाउदिन मियाको सम्योजकत्व तथा जेष्ठ नागरिक मोहम्मद इशाक मिया ज्यु को अध्यक्षतामा गरिएको उक्त...बाँकी अंश →


भारतमाबाट रातो अण्डा अवैध रुपमा नेपाल भित्र्याइँदै

चितवन, १७ वैशाख (रासस) ः भारतीय व्यवसायीले रातो अण्डा उत्पादन गरी लुकाइछिपाइ नेपाल पठाउन थालेपछि आत्मनिर्भर बनेको यहाँको अण्डा उत्पादन व्यवसायमाथि चुनौती थपिएको छ । यसअघि भारतमा सेतो अण्डामात्र उत्पादन हुने भएकाले सिमानामा रोकिने र आसपासका क्षेत्रमा छिर्नासाथ थाहा हुने भएकाले नेपाल भित्र्याउन कठिन हुने गथ्र्यो । भारतमा उत्पादन भएका...बाँकी अंश →


प्रहरी नायब निरीक्षकले महिलालाई एसिड छर्किए

चितवन, ९ वैशाख (रासस):  ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आज दिउँसो एक युवतीलाई एसिड छर्किएका छन् । पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आज दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर भई सोही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड छर्किएको प्रहरीले जनाएको...बाँकी अंश →


विप्लवका दुई कार्यकर्ता पक्राउ

सिन्धुली, ८ वैशाख (रासस):  जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लब) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट हिजो दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मलेन गरी पक्राउ गरिएका व्यक्तिको...बाँकी अंश →


बेलायतबाट आदिम थलो खोज्दै क्होलासोंथर

बँशीशहर, लमजुङ, ६ वैशाख (रासस): बेलायतबाट आएको एक टोली गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलो क्होलासोंथर पुगेका छन् । तमु धीं युकेको नेतृत्वमा हाल बेलायतमा रहेका ४७ जनाको समूह बुधबार लमजुङको क्होलासोँथर पुगेको हो । क्होलासोंथरको ऐतिहासिक पहिचान खोज्न र यसको यथार्थ जानकारीका लागि क्व्होलासोंथरको अध्ययन भ्रमण गरिएको तमु धीं...बाँकी अंश →


धुलोमाटोमा रमाउने बालबालिका कलमकापीमा खेल्न थाले

रत्ननगर, चितवन, २९ चैत ‘क’बाट कमल, पानीमा फुल्ने ‘ख’बाट खरायो, बारीमा डुल्ने चितवनको राप्ती नगरपालिका वडा नं ९ लालपुरको डिबी इँटा उद्योगको एउटा झुप्रोमा बुधबार बालबालिका स्वर मिलाउँदै कखरा गाउँदै थिए । सामुन्ने रहेको मोबाइलमा श्रव्यदृष्य हेर्दै लय मिलाउँथे । त्रिपालमा बसेका उनीहरु एउटै तालमा लय र तालमा लरक–लरक ज्यान...बाँकी अंश →


जिम्मेवारी पूरा नगर्ने आठजना प्राविधिक सेवाबाट बर्खास्त

नुवाकोट, २७ चैत (रासस) ः तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव–इञ्जिनियरलाई सेवाबाट हटाएको छ । भूकम्पपीडितलाई आवास निर्माणमा सहयोग तथा परामर्श दिन खटिएका इञ्जिनियरले तोकिएको जिम्मेवारी पूरा नगरेको, लाभग्राहीसँग रकम असुल...बाँकी अंश →


क्षयरोगको पहिचान र उपचार ‘जिन एक्सपर्ट उपकरण’ बाट गरिने

नुवाकोट, २५ चैत (रासस) ः यहाँ वृद्धि हुँदै गएको क्षयरोगको पहिचान, निवारण र नियन्त्रण गर्न राष्ट्रिय क्षयरोग केन्द्रले ‘जिन एक्सपर्ट उपकरण’ जिल्ला अस्पताल त्रिशूलीलाई उपलब्ध गराएको छ । उक्त उपकरण केन्द्रका निवर्तमान निर्देशक डा केदारनरसिंह केसीले जिल्ला अस्पतालका व्यवस्थापन समितिको अध्यक्ष पारस अधिकारीलाई शनिबार प्रदान गर्नुभयो । दुई घण्टामा नै...बाँकी अंश →


आगलागीमा बाह्र घर जल्यो, एक बेपत्ता, छ करोडको क्षति

गाईघाट, उदयपुर, २५ चैत (रासस) ः उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट एक वृद्धा बेपत्ता भएकी छिन् भने रु छ करोडभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter