शुक्रबार, १६ चैत २०८०

मुस्लिम युवा समुह हर्मीद्वारा अग्नि पीडितलाई सहयोग हस्तान्तरण

रम्जान दिन मिया

१७ बैशाख २०७५, सोमबार १७:२५ मा प्रकाशित

गोर्खा १७ बैशाख २०७५ , हर्मी गोर्खा सिरान्चोक गाउँपालिका हर्मी बयापानी स्थित स्थानीय बासिन्दा बम बहादुर गुरुङलाई मुस्लिम युवा समूह हर्मी द्वारा सहयोग स्वरुप नगद रु २०,०००/-(अक्षरुपि बीस हजार) हस्तान्तरण गरिएको छ । मुस्लिम युवा समुहका अलाउदिन मियाको सम्योजकत्व तथा जेष्ठ नागरिक मोहम्मद इशाक मिया ज्यु को अध्यक्षतामा गरिएको उक्त हस्तान्तरण कार्यक्रममा सिरान्चोक गाउँपालिका का सदस्य योगेन्द्र सुनार,वडा सदस्य टोप बहादुर बोगटी, समाजसेवी मोहन बहादुर बोगटी, इमान दिन मिया लगायतका जनसमुदायको उपस्थिति रहेको थियो । गत मिति २१-१२-२०७४ को राती करिब ११ बजेको समयमा बम बहादुर गुरुङ को दोकान घरमा अचानक लागेको आगलागीमा उहाँको पुरै दोकानका सामान सहित दोकान घर पुरै जलेर नस्ट भएको थियो । रातिको समय र पानीको अभाव अनि दम्कल सेवा बाट धेरै टाढा भएकोले उक्त आगोलाइ नियन्त्रणमा लिन नसक्दा उक्त घटनामा करिब सत्र लाख बराबर को क्षेती भएको थियो । उक्त घटनाको दुख व्यक्त गर्दै मुस्लिम युवा समुह हर्मीद्वारा उक्त घटनाको मल्हम पट्टीको लागि केहि सहयोग स्वरुप रु बीस हजार प्रदान गरेको हो । साथै उक्त घटनाको लागि केही सहयोग गर्न पाएकोमा मुस्लिम युवा समुह खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter