बिहिबार, २० बैशाख २०८१

प्रदेश २

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले जनकपुरलाई पर्यटकीय गन्तव्य बनाउन मद्दत

जनकपुरधाम, १ जेठ (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम आगमनबाट यहाँको पर्यटकीय विकासमा आशाको किरण छाएको छ । माता जानकीप्रति उहाँकोे आस्था, मिथिला र मैथिलीको गरिमाबारे चर्चा, जनकपुरधाम–अयोध्या बस सेवाको थालनी र रामायण सर्किटको घोषणाले यहाँको पर्यटकीय विकासमा आशाको किरण छाएको हो । जानकी मन्दिरका महन्त रामतपेश्वर दासका अनुसार...बाँकी अंश →


‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्रीे कार्यक्रम’ ल्याउन माग

काठमाडौँ, १ जेठ (रासस) ः प्रदेश नं २ का सांसदहरुले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज माग गर्नुभएको छ । सो प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरुले आज प्रधानमन्त्री ओलीलाई भेटी देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको प्रदेश नं २ को सामाजिक र...बाँकी अंश →


महोत्तरी कारागारमा तीन गुणाभन्दा बढी कैदी तथा बन्दीका कारण समस्या

–सञ्जीतकुमार मण्डल गौशाला, १ जेठ (रासस) ः महोत्तरी र धनुषाका साथै केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागारमा तीन गुणाभन्दा बढी कैदी तथा बन्दी छन् । एक सय पैतिस जनासम्मको कैदी तथा बन्दी राख्ने क्षमता रहेको उक्त कारागारमा अहिले ४४६ जना कैदी तथा बन्दी रहेको जेलर...बाँकी अंश →


फोरम चाँडै सरकारमा सहभागी हुन्छ ः नेता श्रेष्ठ

पर्सा, १ जेठ (रासस) नेकपा (माओवादी केन्द्र) पार्टीका नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपालसँग सरकारमा सहभागी हुने सहमति भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले आज संयुक्त रुपमा वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले फोरमलाई चाँडै सरकारमा सहभागी गराइने तर सरकारमा सहभागिताबारे राष्ट्रिय जनता...बाँकी अंश →


अर्र्गानिक विधिद्वारा खेती गर्नुको विकल्प छैनः कृषिमन्त्री

महोत्तरी, जेठ १ (रासस)  कृषि क्षेत्रलाई प्रबद्र्घन गर्नका लागि किसानले अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प नरहेको प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्र साहले बताउनुभएको छ । सोमबार महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको अनुगमन गर्नुहुँदै कृषिमन्त्री साहले प्रदेश नं २ पूर्णयता कृषिमा आधारित रहेकाले कम समयमा बढी उत्पादन...बाँकी अंश →


सौभाग्य प्राप्तिका लागि वरको पूजा

जनकपुरधाम, १ जेठ (रासस)  मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गर्दैछन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजा–आजा गर्ने चलन छ । वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको विश्वासअनुसार यस व्रतको शुरुवात भएको हो । त्यसैले यसलाई वट–सावित्री...बाँकी अंश →


सरकारमाथि भरोसा गर्न सङ्केत देखिएको छैन्ः नेता निधि

जनकपुरधाम, ३१ वैशाख (रासस) ः नेपाली काँगे्रसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारमा आन्तरिक धमिरा लाग्न शुरू भइसकेको बताउनुभएको छ । काँगे्रस धनुषाको १३ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सरकारमाथि भरोसा गर्न सक्ने सङ्केत देखिएको छैन् । ” उपसभापति निधिले सरकारको क्रियाकलापले संघीय संरचना र संविधानमाथि खतरा उत्पन्न...बाँकी अंश →


छोराद्वारा आमाको हत्या

लहान, ३० वैशाख (रासस) ः सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले कुटपिट गरी आमाको हत्या गरेको छ । सिरहाको भगवानपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय धिरजकुमार पौडेलले मादकपदार्थ सेवन गरी आज बिहान ढोकाको आग्लोले कुटपिट गरी ७६ वर्षीया आमा कौशिलादेवीको हत्या गरेको हो । आमाको हत्या गर्ने धिरज पौडलेलाई प्रहरीले पक्राउ गरी...बाँकी अंश →


‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी

जनकपुरधाम, २८ वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो भएको बताउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले प्रदेश नं २ को सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा आज जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । उहाँले नेपालीहरुको...बाँकी अंश →


भारतीय प्रधानमन्त्रीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान

जनकपुरधाम, २८ वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोका तीन वटा मालाको सम्मान दिइएको छ । उहाँलाई नागरिक अभिनन्दनका क्रममा प्रदेश नं. २ का सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोका छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् । मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन...बाँकी अंश →


नुनिया पक्राउ

गौशाला, २६ वैशाख (रासस) ः बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी सम्सी गाउँपालिका–४ बाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्सी गाउँपालिका–४ का लक्ष्मेश्वर महतो नुनिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । स्थानीय १५ वर्षीया बालिकालाई बलात्कार गरेको सम्बन्धमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा...बाँकी अंश →


जलेश्वर–जनकपुर बाटो अवरुद्ध

गौशाला, २६ वैशाख (रासस) ः भीषण वर्षाका कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । जिल्लाकै प्रमुख सडकखण्डका रुपमा रहेको जलेश्वर–जनकपुर सडकको फोर लेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेका बेला गए राति २ देखि आज बिहान साढे ६ बजेसम्म भीषण पानी परेका कारण सो बाटो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter