शुक्रबार, ०४ जेठ २०८१

नुनिया पक्राउ

२६ बैशाख २०७५, बुधबार १३:०३ मा प्रकाशित

गौशाला, २६ वैशाख (रासस) ः बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी सम्सी गाउँपालिका–४ बाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–४ का लक्ष्मेश्वर महतो नुनिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो ।

स्थानीय १५ वर्षीया बालिकालाई बलात्कार गरेको सम्बन्धमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।

पक्राउ परेका नुनियामाथि जबर्जस्तीकरणी मुद्दा चलाएको छ । उनलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई म्याद थप लिई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान कारबाही अगाडि बढाएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter