शुक्रबार, १४ बैशाख २०८१

प्रदेश ४

सडक निर्माण गरिने

पोखरा, १६ असोज  पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको मुख्य बजारमा आधुनिक मानिएको ‘अस्फाल्ट प्रविधि’ बाट सडक कालोपत्रे गरिने बताउनुभएको छ । महानगरपालिका–९ कार्यालयको उद्घाटन तथा विजयादशमीको शुभकामना आदनप्रदान कार्यक्रममा उहाँले पोखराको भूवनोटका आधारमा सो प्रविधि आवश्यक रहेको विश्वास व्यक्त गनुभयो । पहिलो चारण्मा पोखराको मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक, मुस्ताङचोकलगायत...बाँकी अंश →


बाढीपीडितलाई राहत वितरण

गलेश्वर, १६ असोज  असोज ४ गते राति म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलाई बुधबार रु तीन लाखभन्दा बढी नगद र राहत सामग्री वितरण गरिएको छ । समाज कल्याण परिषद्, जिल्ला हुलाक कार्यालय, बेनी नगरपालिका–२ का जनप्रतिनिधि र अष्ट्रेलियामा रहेका बगरफाँटवासीले राहत सहयोग गरेका हुन् । समाज कल्याण परिषद्को तर्फबाट महिला...बाँकी अंश →


औलागाउँमा चितुवाको आतङ्क

म्याग्दी, १६ असोज  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औलागाउँमा चितुवाले आतङ्क मच्चाएको छ । चितुवाको आक्रमणबाट एक हप्तायता चार बाख्रा, दुई कुकुर र २० कुखुरा मरेका छन् । दैनिकजसो रातिको समयमा गाउँमा चितुवा आउने गर्छ । चितुवाको आक्रमणबाट पशुपक्षी मर्ने क्रम बढेपछि औलाका बासिन्दा त्रसित भएको स्थानीयवासी यामप्रसाद पुर्जाले बताउनुभयो ।...बाँकी अंश →


लागुऔषधसहित तीन पक्राउ

वालिङ, १६ असोज  लागुऔषधसहित बुधबार साँझ प्रहरीले तीन जनालाई वालिङ– १३ गाहाखोलाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–२ का ३२ वर्षीय श्रीराम कार्की, गाहाखोलामा शङ्कास्पद अवस्थामा बसेका स्याङ्जा जिल्ला भिरकोट नगरपालिका–१ का २१ वर्षीय भरत गुरुङ र सोही ठाउँका २० वर्षीय सहितविन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →


भुजुङ पर्यटन महोत्सव सम्पन्न

लमजुङ, १६ असोज  ‘भुजुङ पर्यटन महोत्सवमा सहभागी बनौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने मूल नाराका साथ भुजुङ पर्यटन महोत्सव बुधबार सम्पन्न भएको छ । क्व्होलासोथर गाउँपालिका–४ भुजुङमा सञ्चालित सो तीनदिने महोत्सवमा सांस्कृतिक झाँकी, स्थानीय हस्तकला सामग्री र स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तु प्रदर्शनी, स्थानीय खानाका परिकारको चमेनागृह सञ्चालन, राष्ट्रिय...बाँकी अंश →


घोडेपानीमा पर्यटक खचाखच

गलेश्वर, १५ असोज  राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढे पनि प्रतिकूल मौसमका कारण पर्यटकले दृश्यावलोकनको आनन्द लिन पाएका छैनन् । विगत पाँच दिनदेखि छिनछिनमा बादल लाग्ने, वर्षा हुने तथा मौसमले साथ नदिएपछि कैयौं दिन लगाएर घोडेपानी तथा पुनहिलको भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक...बाँकी अंश →


आलेख ः दूषित पानी पिउन बाध्य छन् बागलुङ बजारवासी

गलकोट, १५ असोज    बागलुङ बजारका बासिन्दा दूषित पानी पिउन बाध्य छन् । बजारका स्थायी बासिन्दा र बाहिरबाट आएका हजारौं उपभोक्ता अहिले पानी नआउने र आए पनि धमिलो दूषित पानी हेरेर बस्नुपर्ने समस्याबाट आजित छन् । पानी नआउने र धमिलो पानी आउने समस्या टार्न बजारवासी आसपासका विभिन्न क्षेत्रमा पुग्ने गरेका...बाँकी अंश →


छोटी भन्सारको जाँचपास सेवा कार्यान्वयनमा आएन

नवलपरासी, १५ असोज  पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयमा जाँचपास सेवा विस्तार गरे पनि सेवा व्यवहारिकरूपमा कार्यान्वयनमा आउन सकेको छैन । सो कार्यालयबाट एक महीनाअघि रु २५ हजारसम्मको जाँचपास सेवा प्रारम्भ गरिए पनि सेवाग्राही नआउने गरेकाले सेवा कार्यान्वयनमा आउन नसकेको हो । व्यापारीलाई लक्षित गरी भारतीय बजारबाट रु २५ हजारसम्मको...बाँकी अंश →


तालबाराही आरतीमा ४० हजारले गरे अवलोकन

चिप्लेढुङ्गा, १४ असोज  पर्यटकीय राजधानी पोखराको फेवाताल किनारमा माता तालबाराही सेवा समितिले गर्दै आएको सन्ध्या आरती कार्यक्रममा एक वर्षमा ४० हजार पर्यटकले अवलोकन गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी धार्मिक तथा सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गरिएको सङ्गीतमय महाआरती पुजन गत वर्ष असोज २४ गते घटस्थापनाका दिनबाट...बाँकी अंश →


प्रवासीद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख सहयोग

गलकोट, १३ असोज  म्याग्दीका प्रवासी एक व्यक्तिले प्राथमिक स्वास्थ्यचौकीको स्तरवृद्धिका लागि रु एक लाख सहयोग गरेका छन् । समाजसेवी मुक्ति रोकामगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको हो । जिल्लाको मङ्गला गाउँपालिका–१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आउनुभएका समाजसेवी रोकामगरले मालिका गाउँपालिका–६ दरबाङमा...बाँकी अंश →


पन्ध्र वर्षपछि प्रतिगन्ध उपन्यासका साथ सरुभक्त

चिप्लेढुङ्गा, १३ असोज  साहित्यमा उपन्यासबाट उचाइमा रहनुभएका साहित्यकार सरुभक्तले १५ वर्षपछि सातौँ उपन्यास प्रतिगन्ध लिएर पाठक समक्ष आउनुभएको छ । २०६१ सालमा अमेरिका भ्रमणमा पुग्दा नेपालीले भोगिरहेका विविध पक्षहरु नियालिरहँदा उत्पन्न अनेक अनुभूतिको समिश्रणलाई उतार्न अठोट लिएर उहाँ फर्कनुभएको थियो । अमेरिकामा बसेका नेपालीले भोगेको भोगाइको साझा चित्रणलाई सरुभक्तले १५...बाँकी अंश →


जनप्रतिनिधिको सहयोग विद्यालयलाई

गलकोट, १३ असोज  बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं ७ का वडासदस्य लोकबहादुर थापाले आफ्नो पारिश्रमिकबापतको रकम विद्यालयलाई सहयोग गर्नुभएको छ । प्रगति आधारभूत विद्यालय मल्म सप्ताहघाटमा अध्यापनरत एक शिक्षकलाई तलब भत्ता उपलब्ध गराउने गरी सहयोग गरेको वडासदस्य थापाले जानकारी दिनुभयो । सामुदायिक विद्यालयतर्फ पछिल्लो समय उत्कृष्ट बन्दै गइरहेको विद्यालयमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter