चितवन, २७ जेठ (रासस) ः बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ...बाँकी अंश →

बुटवल, २६ जेठ (रासस) ः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कुनै पनि बहानामा विकास निर्माण र सेवा प्रवाहलाई कमजोर नबनाउन तीनै तहका कर्मचारीलाई निर्देशन दिनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उच्चस्तरीय प्रशासन सुधार, कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतको संयुक्त आयोजनामा आज बुटवलमा...बाँकी अंश →
विराटनगर, २६ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा, ओलीले उद्योगी व्यवसायीको समस्या समाधान गर्न नीतिगत र प्रशासनिक अप्ठ्यारा हटाउन सरकार अग्रसर रहने बताउनुभएको छ । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा आज संयुक्तरुपमा विराटनगरमा आयोजित भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “व्यापारीहरुलाई आत्मनिर्भर बनाउनका लागि प्रशासनिक झन्झट, नीतिगत...बाँकी अंश →
काठमाडौँ २६ जेठ (रासस) ः गोपाल किराँती निकट नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन भदौमा हुने भएको छ । आज क्रान्तिकारीको २२आँै राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले आगामी भदौ १ र २ गते काठमाडौँमा गर्ने निर्णय गरेको सम्मेलन आयोजक समितिका संयोजक आलोक रायमाझीले जानकारी दिनुभयो...बाँकी अंश →

काठमाडौँ, २६ जेठ (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी प्रतिपक्षमा भएपनि देशमा स्थिरता, शान्ति र समृद्धि चाहेको बताउनुभएको छ । भानुभक्त अयोध्यादेवी स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको प्राध्यापक पीताम्बर शर्मा दाहालको ‘मेरो रिमरिमे सम्झना’ जीवनीमूलक चम्पूकाव्य कृतिको विमोचन गर्नुहुँदै उहाँले सत्तामा भएपनि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष...बाँकी अंश →

काठमाडौँ, २६ जेठ (रासस) ः उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको आर्थिक विकासका लागि कानुन आवश्यक रहेको बताउनुभएको छ । जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘समुदाय विकासमा स्थानीय निकाय एवम् सामाजिक संस्थाको भूमिका’ विषयक अन्तक्र्रियामा उहाँले मुलुकको विकासका लागि पुराना कानुनलाई संशोधन गर्दै सरकार अगाडि बढ्न लागेको बताउनुभएको...बाँकी अंश →

महेन्द्रनगर, धनुषा, २६ जेठ (रासस) ः मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई शैक्षिक हब बनाउन नवस्थापित राजर्षि जनक विश्वविद्यालय सहायकसिद्ध हुने बताउनुभएको छ । आज जनकपुरमा आयोजित ‘राजर्षि जनक विश्वविद्यालयको दृष्टिकोण, उद्देश्य र लक्ष्य’ विषयक अन्तक्र्रिया कार्यक्रममा विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका मुख्यमन्त्री राउतले परम्परागत शिक्षाले प्रदेशलाई समृद्ध बनाउन नसक्ने उल्लेख...बाँकी अंश →

डडेल्धुरा, २६ जेठ (रासस) ः नेपाली काँग्रेस डडेल्धुराले आयोजना गरेको जिल्ला सम्मेलनको आज उद्घाटन गर्र्दै काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसलाई पुरानै पार्टीमा स्थापना गरी विश्राम लिने बताउनु भएको छ । आफ्नो नेतृत्वमा सम्पन्न भएका तीन तहका निर्वाचनमा काँग्रेस हारेर पनि देशलाई जिताई संविधान कार्यान्वयनको गतिमा लगेको उहाँले उल्लेख...बाँकी अंश →

काठमाडौं, २६ जेठ (रासस) ः नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सभामुख र उपसभामुखको विषयमा संविधानबाटै निकास खोजिने बताउनुभएको छ । राजधानीमा आज आयोजित साक्षात्कारमा नेता पौडेलले सभामुख र उपसभामुख फरक फरक पार्टी र लिङ्गको हुनुपर्ने भनेर आवाज उठिरहेकाले यस विषयमा कानूनविद्सँग छलफल गर्ने स्पष्ट पार्नुभयो । नेकपा (एमाले) र...बाँकी अंश →

कपिलवस्तु केयर खबर : २६ जेष्ठ ,नेपाल लोडसेडिङ मुक्त भएको भनेर सरकारले घोषणा गरेता पनि कपिलवस्तुमा दैनिकको अनियमित बिद्धुत कटौतीले स्थानीय हैरान परेका छन ! अघोसित लोडसेडिङ गराएर बिद्धुत कार्यलयले चरम लापरबाही गरेको उपभोक्ताको आरोप छ, बड्दो गर्मीसँगै बड्दो लोडसेडिङले तौलिहवाबासि आक्रान्त भएका छन, पुर्बजानकारि बिना अनियमित बिद्दुत कटौती तर्फ...बाँकी अंश →
केयर खबर :२६ जेठ कपिलबस्तुको सदरमुकाम तौलिहवामा रहेको तौलिहवा अस्पतालमा नवजात शिशु सघन कक्ष (एसएनसियु ) संचालन भएको छ । अस्पतालमा फेयरमेड संस्थाको सहयोगमा नवजात शिशुका लागि सघन कक्ष (एसएनसियु) सेवा आजदेखि सुचारु भएको हो । एसएनसियुमा जन्मेदेखि चार सातासम्मका बच्चाहरुको उपचार हुने, एक महिनाभन्दा कम उमेरका विरामी बच्चाको लागि...बाँकी अंश →

राजविराज, २६ जेठ (रासस) ः गरिबी र बेरोजगारीका कारण सप्तरीमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । राजविराजस्थित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्स केन्द्रका अनुसार वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै वैदेशिक रोजगारीमा जानेमध्ये यो जिल्ला मुलुककै पाँचौँ स्थानमा पर्दछ । चालू आर्थिक वर्षमा यो जिल्लाबाट झण्डै १३ हजार...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: