शुक्रबार, २१ बैशाख २०८१

प्रदेश नं २ लाई शैक्षिक हब बनाइने ः मुख्यमन्त्री राउत

२६ जेष्ठ २०७५, शनिबार २३:५२ मा प्रकाशित

महेन्द्रनगर, धनुषा, २६ जेठ (रासस) ः मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई शैक्षिक हब बनाउन नवस्थापित राजर्षि जनक विश्वविद्यालय सहायकसिद्ध हुने बताउनुभएको छ ।

आज जनकपुरमा आयोजित ‘राजर्षि जनक विश्वविद्यालयको दृष्टिकोण, उद्देश्य र लक्ष्य’ विषयक अन्तक्र्रिया कार्यक्रममा विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका मुख्यमन्त्री राउतले परम्परागत शिक्षाले प्रदेशलाई समृद्ध बनाउन नसक्ने उल्लेख गर्दै यस विश्वविद्यालयलाई प्राविधिक शिक्षामा केन्द्रित गर्नुपर्ने धारणा राख्नुभयो ।
लामो प्रयासपछि स्थापित विश्वविद्यालयको स्थापनामा भूमिका निर्वाह गर्ने राजनीतिकर्मी र विद्वत् वर्गलाई धन्यवाद दिँदै मुख्यमन्त्री राउतले राजर्षि जनक विश्वविद्यालयलाई उत्कृष्ट बनाउन प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा भरत झाको अध्यक्षतामा भएको उक्त अन्तक्र्रिया कार्यक्रममा डा सदन भगतले विषय प्रवेश गराउनुभएको थियो भने विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा शैलेन्द्रलाभ कर्ण, नेपाली काँग्रेस धनुषाका सभापति महेशशंकर गिरी, फोरम नेपालका धनुषा उपाध्यक्ष दिनेश यादव, विश्वविद्यालयका रजिष्ट्रार महेन्द्र यादवसहितका वक्ताले विश्वविद्यालयको महत्वमाथि प्रकाश पार्नु भएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter