आइतबार, ३० बैशाख २०८१

जिल्ला अस्पताल तौलिहवामा बिशेष नवजात शिशु सघन कक्ष

अजय बर्मा तौलिहवा कपिलवस्तु

२६ जेष्ठ २०७५, शनिबार १६:२८ मा प्रकाशित

केयर खबर :२६ जेठ

कपिलबस्तुको सदरमुकाम तौलिहवामा रहेको तौलिहवा अस्पतालमा नवजात शिशु सघन कक्ष (एसएनसियु ) संचालन भएको छ । अस्पतालमा फेयरमेड संस्थाको सहयोगमा नवजात शिशुका लागि सघन कक्ष (एसएनसियु) सेवा आजदेखि सुचारु भएको हो । एसएनसियुमा जन्मेदेखि चार सातासम्मका बच्चाहरुको उपचार हुने, एक महिनाभन्दा कम उमेरका विरामी बच्चाको लागि एसएनसियु अत्यावश्यक जस्तै हुने, सिकिस्त भएका, बढी ज्वरो आएका, दूध चुस्न नसक्ने, सास फेर्न गाह्रो भएका नवजात शिशुलाई एनआइसियुमा नै राखेर उपचारमा सहजता आउने र कक्ष संचालन पछि संबेदनशील नवजात शिशुको उपचार यही हुने अस्पतालका मेसु डा.किशोर बन्जाडेले बताउनुभएको छ ।

जिल्लामै पहिलो पटक जिल्ला अस्पतालमा २० लाख बढिको लगानीमा सो सेवा सुचारु गरिएको हो । जन्मेपछि २८ दिनभित्रका शिशुलाई चिसो लागेमा, श्वास फेर्न समस्या भएमा लगायतका समस्याबाट ग्रसित भएमा एसएनसियु कक्षमा राखिने बिशेष नवजात शिशु सघन कक्ष’ ( एसएनसीयू) फोकल पर्सन एवं नर्सिङग प्रमुख पुनम पासीले बताउनुभयो ।

सदरमुकाम तौलिहवा स्थित तौलिहवा अस्पतालले सेवा सुबिधा बढाउदै लगेको छ । यससंगै तौलिहवा अस्पतालको भौतिक र बिरामीहरुको उपचार सेवा सुबिधाको स्तरमा उल्लेखनीय रुपमा सुधार आएको छ । २०२८ सालमा स्थापित तौलिहवा अस्पतालले अहिले भौतिक, मानीवय स्रोत, साधन र सेवामा फडेको मारेको छ । उता १२ करोकडो लागतमा निर्माणधीन ५० बेडको सुबिधा संपन्न भवन आगामी असार भित्रै निर्माण संपन्न हुने अस्पताल प्रशासनले जनाएको छ । भवन निर्माण पछि कपिलवस्तु कै सबै भन्दा सुबिधासंपन्न अस्पताल हुने अस्पताल विकास समितिका अध्यक्ष जैसवालले जनाउनुभयो ।

लामो समयको अथक प्रयास र नवजात शिशु मृत्युदर घटाउन कसरी सकिन्छ भन्ने चिन्तनले यो सेवा ढिलै भएपनि सुचारु हुनु कपिलबस्तु बासीको लागी लाभदायक हुने कपिलबस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत योगेन्द्र भगतले जिल्ला सदरमुकाममा रहेको तौलिहवा अस्पताललाई नमुना बनाउने तयारी गरिएको जानकारी गराउनुभयो । अस्पतालको अवस्थामा धेरै नै सुधार आएको र दरबन्दी भन्दा बढी डाक्टरहरु भएको, अस्पतालमा प्रसुति, भिडियो एक्सरे सेवा समेत उपलब्ध हुन साथै मेशीन औचार पनि धमाधम आएकाले बिरामीहरुको उपचार निकै सजिलो हुने हुदा स्थानियहरु निकै खुशी भएका छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter