आइतबार, २३ बैशाख २०८१

आर्थिक विकासका लागि कानुन आवश्यक ः उपप्रम पोखरेल

२६ जेष्ठ २०७५, शनिबार २३:५८ मा प्रकाशित

काठमाडौँ, २६ जेठ (रासस) ः उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको आर्थिक विकासका लागि कानुन आवश्यक रहेको बताउनुभएको छ ।

जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘समुदाय विकासमा स्थानीय निकाय एवम् सामाजिक संस्थाको भूमिका’ विषयक अन्तक्र्रियामा उहाँले मुलुकको विकासका लागि पुराना कानुनलाई संशोधन गर्दै सरकार अगाडि बढ्न लागेको बताउनुभएको हो । “विकासको सवालमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छ,”– उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले राजनीतिक लडाईँको आधार पुरा हुँदै गएको भन्दै अब विकास, निर्माण र समृद्धिका लागि प्रतिस्पर्धा गर्ने बेला आएको उल्लेख गर्नुभयो । सरकार जनताको आवश्यकता पुरा गर्न लागेको उहाँको भनाई थियो ।

उहाँले जनकल्याण सेवा केन्द्रले समाज सेवामा स्थानीय जनप्रतिनिधिहरुसँग सहकार्य गरेर राम्रो काम गरेको बताउँदै एनजीओ र आइएनजीओले समाजसेवाको नाममा खेतीपाती गरेको आरोप समेत लगाउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले विभिन्न मुद्दामा परी अभियोग लागेकालाई सरकारले छुट नदिने भन्दै सार्वजनिक सम्पत्ति रक्षाका लागि जनता चट्टान भएर उभिनुपर्ने बेला आएको बताउनुभयो । उहाँले काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि निरन्तर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख विश्वराज पोखरेलले समुदायमा भएको विकृति, विसंगति अन्त्यका लागि समुदायका साथमा प्रहरी सँगसँगै अगाडि बढ्ने बताउनुभयो । “विकृति, विसंगति र भ्रष्टाचारको अन्त्यका लागि लाग्नुहोस्, प्रहरी तपाईँको साथमा छ,”–उहाँले भन्नुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाको विकासमा जनप्रतिनिधिका साथै स्थानीय जनताको पनि उत्तिकै साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter