
बैतडी, ५ भदौ ,, जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुँदा बिरामी मारमा परेका छन् । बिरामी दिनहुँ उपचारका लागि भारतका निजी अस्पताल धाउन बाध्य छन् । सामान्य शल्यक्रियाका लागि समेत बिरामी भारतीय अस्पताल जानुपर्ने अवस्था रहेको दोगडाकेदार गाउँपालिका–२ बडियाका वीरबहादुर भाट बताउनुहुन्छ । “जिल्ला अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध छैन, सामान्य समस्या...बाँकी अंश →

इश्लामावाद, ४ भदौ ,, पाकिस्तानका नवगठित सरकारका विदेश मन्त्रीले सहमति नभएसम्म नछोड्ने निरन्तरको वार्तामा बस्न भारतसँग आग्रह गर्नुभएको छ । भारतसँगको शत्रुतापूर्ण सम्वन्धलाई अन्त्य गर्नेतर्फ पाकिस्तानको चासो रहने उहाँले विषेश जोडका साथ सोमबार बताउनुभयो । “हामी दुई छिमेकी मात्रै होइन, आणविक हतियार सम्पन्न शक्ति पनि हौँ,” पाकिस्तानका नयाँ विदेश मन्त्री...बाँकी अंश →

काठमाडौँ, ४ भदौँ ,, सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले आज विश्वकर्मालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको...बाँकी अंश →

पोखरा, ४ भदौ ,, गण्डकी प्रदेश सरकारले सोमबारदेखि ‘हेल्लो मुख्यमन्त्री’ टेलिफोन सेवा प्रारम्भ गरेको छ । सेवा शुरु भएसँगै टेलिफोन नं १०९४ मा फोन गरेर सर्वसाधारणले समस्या एवं गुनासो मुख्यमन्त्रीसमक्ष पु¥याउन सक्नेछन् । गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा सर्वसाधारणको गुनासोको सुनुवाइ र सम्बोधनका लागि ‘हेल्लो मुख्यमन्त्री’ विद्युतीय प्रणालीलाई...बाँकी अंश →

काठमाडौँ, ४ भदौ ,,परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाकिस्तानका विदेशमन्त्रीमा नियुक्त हुनुभएका मख्दुम साह मोहम्मद कुरेसीलाई बधाई तथा शुभकामना दिनुभएको छ । आज एक शुभकामना सन्देश पठाउँदै उहाँले कुरेसीको कार्यकालमा दुवै देशको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि नेपालले निकटमा रहेर काम गर्न चाहेको बताउनुभयो । नेपाल र पाकिस्तानबीच सन् १९६० मा कूटनीतिक...बाँकी अंश →

रसुवा, ४ भदौ ,, निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण गर्ने कार्य आजदेखि सम्पन्न भएको छ । राष्ट्रिय प्राथमिकताअन्तर्गत रहेको उक्त आयोजनाको चार हजार १८५ मिटर मुहानदेखि विद्युत्गृहसम्म पानी ल्याउने हेडरेस सुरुङ आज बिहान सूर्योदयभन्दा अगाडि ‘ब्रेक थ्रु’ गरिएको उक्त आयोजनाका प्रमुख छवि गैह्रेले बताउनुभयो । “आयोजनाको...बाँकी अंश →

कैलाली, ४ भदौ ,, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका केन्द्रीय संयोजक महन्थ ठाकुरले टीकापुर घटना राजनीतिक कारणले भएकाले यसलाई केबल आपराधिक दृष्टिकोणले मात्र हेर्न नहुने बताउनुभएको छ । टीकापुर घटनाका अभियुक्तलाई आज कैलाली कारागारमै भेट गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक ठाकुरले टीकापुरलगायत घटनाका मुद्दाका विषयमा सरकारसँग कुरा भइरहेको बताउनुभयो ।...बाँकी अंश →

काठमाडौँ, ४ भदौँ ,, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकले सूचना तथा प्रविधि क्षेत्रको द्रुत विकास गर्न आवश्यक ऐन संशोधन गर्न र नयाँ आवश्यक ऐन ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गरेको छ । समितिको आज यहाँ बसेको बैठकले ग्रामीण दूरसञ्चार कोषको प्रयोग, दूरसञ्चारको चांैथो पुस्ता (फोर जी) विस्तार,...बाँकी अंश →

काठमाडौँ, ४ भदौ ,, प्रतिनिधिसभाको आजको बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतले अनुमोदन गरेको छ । सो महासन्धिका बारेमा सांसद देवप्रसाद गुरुङ, प्रेम सुवाललगायतले आआफ्नो विचार व्यक्त गर्नुभयो । गृहमन्त्री थापाले आतङ्कवादको...बाँकी अंश →

काठमाडौँ, ४ भदौ ,, देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गर्नुभयो...बाँकी अंश →

काठमाडौँ, ४ भदौ ,फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा मृत फेला पर्नुभएको छ । काठमाडौँ महानगरीय प्रहरी परिसरका अनुसार ८० वर्षीय झा बबहरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिनुभएको हो । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पूर्व राजदूत झाको निधन नभइ हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी...बाँकी अंश →

काठमाडौँ , ४ भदौ ,, इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेको छ । टोलीसँग भेट गर्दै अध्यक्ष दाहालले टेबुलटेनिस खेलबाट एशियामा देशको नाम राख्न शुभकामना दिनुभयो । आफूलाई पनि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: