बुधबार, १९ बैशाख २०८१

सुरुङ निर्माण सम्पन्न

४ भाद्र २०७५, सोमबार २१:३९ मा प्रकाशित

रसुवा, ४ भदौ ,,   निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण गर्ने कार्य आजदेखि सम्पन्न भएको छ ।

राष्ट्रिय प्राथमिकताअन्तर्गत रहेको उक्त आयोजनाको चार हजार १८५ मिटर मुहानदेखि विद्युत्गृहसम्म पानी ल्याउने हेडरेस सुरुङ आज बिहान सूर्योदयभन्दा अगाडि ‘ब्रेक थ्रु’ गरिएको उक्त आयोजनाका प्रमुख छवि गैह्रेले बताउनुभयो ।

“आयोजनाको सबैभन्दा गाह्रो काम सुरुङ थियो, अब मुख्य भूमिगत सुरुङको निर्माणले निर्धारित समय सन् २०२० को फेबु्रअरीभित्र १११ मेगावाट विद्युत् उत्पादन भइसक्छ”, उहाँले भन्नुभयो । रु १३ अर्ब ६४ करोडको लागतमा सन् २०१४ देखि निर्माण शुरु भएकोे आयोजना प्रमुख गैहे्रले जानकारी दिनुभयो ।

आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न ३३ प्राविधिकसहित ७०० भन्दा बढी कामदार कार्यरत रहेको बताइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter