शुक्रबार, ०४ जेठ २०८१

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा पाकिस्तानी समकक्षीलाई बधाई

४ भाद्र २०७५, सोमबार २१:४५ मा प्रकाशित

काठमाडौँ, ४ भदौ ,,परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाकिस्तानका विदेशमन्त्रीमा नियुक्त हुनुभएका मख्दुम साह मोहम्मद कुरेसीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

आज एक शुभकामना सन्देश पठाउँदै उहाँले कुरेसीको कार्यकालमा दुवै देशको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि नेपालले निकटमा रहेर काम गर्न चाहेको बताउनुभयो । नेपाल र पाकिस्तानबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहिआएको छ ।

यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जद हुसेन बी सियालले पनि विदेशमन्त्रीमा नियुक्त हुनु भएकामा कुरेसीलाई वधाई एवम् सफल कार्यकालयको शुभकामना दिनुभएको छ ।

महासचिव सियालले आफ्नो कार्यकालमा कुरेसीले क्षेत्रीय सहयोग एवम् आपसी हितका लागि महत्वपूर्ण योगदान दिनहुने अपेक्षा गर्नुभएको छ । सार्कको १९औँ शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा शीघ्र आयोजना हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter