बुधबार, ०२ जेठ २०८१

टीकापुर घटनालाई आपराधिक दृष्ट्रिकोणले हेर्न हुँदैन ,, ठाकुर

४ भाद्र २०७५, सोमबार २१:३२ मा प्रकाशित

कैलाली, ४ भदौ ,,  राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका केन्द्रीय संयोजक महन्थ ठाकुरले टीकापुर घटना राजनीतिक कारणले भएकाले यसलाई केबल आपराधिक दृष्टिकोणले मात्र हेर्न नहुने बताउनुभएको छ ।

टीकापुर घटनाका अभियुक्तलाई आज कैलाली कारागारमै भेट गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक ठाकुरले टीकापुरलगायत घटनाका मुद्दाका विषयमा सरकारसँग कुरा भइरहेको बताउनुभयो ।

उहाँले एक छुट्टै प्रसङ्गमा देशमा अझै पनि आदिवासी, जनजाति, दलित, पिछडिएका समुदायले राखेका माग र संविधान संशोधनका मुद्दा सम्बोधन हुन नसकेको बताउनुभयो । चुनावपछि बढेको जनताको अकाङ्क्षा पूरा हुन नसकेको बताउँदै संयोजक ठाकुरले सरकारको काममा शिथिलता देखिएको आरोप लगाउनुभयो

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter