बुधबार, १९ बैशाख २०८१

पूर्वराजदूत झा मृत फेला

४ भाद्र २०७५, सोमबार २०:५० मा प्रकाशित

काठमाडौँ, ४ भदौ ,फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा मृत फेला पर्नुभएको छ । काठमाडौँ महानगरीय प्रहरी परिसरका अनुसार ८० वर्षीय झा बबहरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिनुभएको हो ।
परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पूर्व राजदूत झाको निधन नभइ हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । “घटनाको प्रकृति हेर्दा हत्या भएको देख्न्छि,”उहाँले भन्नुभयो ।
मृतक झाको टाउको र घाँटीमा चोटपटक लागेको छ । श्रीमती र सुरक्षागार्ड घरमा भएका बेला उहाँको अकस्मात हत्या भएको देखिइएकाले गहिराइमा पुगेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख लामाले बताउनुभयो । झाले परराष्ट्र सेवामा ३४ वर्ष बिताउनुभएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter