शनिबार, ०५ जेठ २०८१

पाकिस्तानका विदेशमन्त्रीद्वारा भारतसँग वार्ताको आग्रह

४ भाद्र २०७५, सोमबार २२:५५ मा प्रकाशित

इश्लामावाद, ४ भदौ ,,   पाकिस्तानका नवगठित सरकारका विदेश मन्त्रीले सहमति नभएसम्म नछोड्ने निरन्तरको वार्तामा बस्न भारतसँग आग्रह गर्नुभएको छ ।
भारतसँगको शत्रुतापूर्ण सम्वन्धलाई अन्त्य गर्नेतर्फ पाकिस्तानको चासो रहने उहाँले विषेश जोडका साथ सोमबार बताउनुभयो ।
“हामी दुई छिमेकी मात्रै होइन, आणविक हतियार सम्पन्न शक्ति पनि हौँ,” पाकिस्तानका नयाँ विदेश मन्त्री शाह मेहमुद कुरेशीले भन्नुभयो ।
दोस्रो पटक विदेशमन्त्री भएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा उहाँले भारतसँगको सम्वन्धकै विषयमा बढी जोड दिनुभएको हो ।
यसअघि आइतबार दिएको पहिलो टेलिभिजन सम्वोधनमा पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानले पनि भारतसँगको सम्बन्ध सुधार्नेतर्फ आफ्नो जोड रहने बताउनुभएको थियो ।
“हामीसँग लामो समस्या छ, मलाई वार्ता भन्दा बाहिरबाट यसको समाधान हुन्छ भन्ने लाग्दैन,” कुरेशीले थप्नुुभयो ।
उहाँले भारत र पाकिस्तानबीचमा निकास ननिस्किँदासम्म नटुङ्गिने वार्ताको आवश्यकता रहेको बताउनुभयो ।
बेलायती उपनिवेशबाट मुक्त भएपछि सन् १९४७ देखि नै भारत र पाकिस्तानबीच नराम्रो सम्बन्ध रहदै आएको छ ।
विषेश गरेर काश्मिर क्षेत्र आफ्नो देशको सिमाना भित्र पर्ने दुवै पक्षले दावी गरेकाले विवाद हुदै आएको हो भने त्यही विवादका कारण तीन पटक सम्म युद्ध नै भएको थियो ।
खानलाई वधाई दिँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन्देश पठाएको पनि कुरेशीले जानकारी दिनुभयो । तर भारतीय विदेश मन्त्रालयले भने कुनै औपचारिक पत्र नपठाएको पनि उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो ।
नयाँ विदेशमन्त्री कुरेशीले नयाँ शीराबाट आफगानिस्तानसँगको प्रेम र मित्रता अगाडी बढाउन चाहेको सन्देश दिन आफुले अफगानिस्तानको पनि भ्रमण गर्ने इच्छा रहेको बताउनुभयो ।
“अफगानिस्तानमा शान्ति र स्थिरता नहुँदासम्म पाकिस्तानमा पनि शान्ति र स्थिरता हुदैन,” उहाँले भन्नुभयो ।
खान नेतृत्वको मन्त्रीपरिषद्मा पनि विदेश मन्त्रीको जिम्मेवारी पाउनुभएका कुरेशी यसअघि सन् २००८ देखि २०११ सम्म पनि विदेश मन्त्री बन्नुभएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter