शनिबार, ०५ जेठ २०८१

राष्ट्रिय

भारतको सहयोगमा नेपालका पाँच स्थान रेलमार्गबाट जोडिँदै

काठमाडौँ, १७ चैत (रासस)ः भारत सरकारको सहयोगमा नेपालका पाँचस्थान रेलमार्ग जोडिने भएका छन् । आठ वर्षअघि दुई देशबीच भएको समझदारीअनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउनेछ । नेपाल र भारतबीच भएको समझदारीअनुसार बर्दिबास–जयनगर ६८ दशमलव ७२ किलोमिटर लामो रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बदिबास–जयनगर रेलमार्ग भारतको...बाँकी अंश →


कैदीबन्दीले ढाका टोपी बुनेर दैनिक हजार कमाइ गर्दै

गाईघाट, उदयपुर, १७ चैत (रासस) ः जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सोमा रहेको जिल्ला कारागार शाखाका केही कैदीबन्दीले ढाकाटोपी बुनेर अहिले दैनिक रु एक हजारसम्म कमाई गर्न थालेका छन् । केही वर्षदेखियता आएर बाँसको मानिस बस्ने मुढा बनेर कमाइ गर्न थालेका जिल्ला कारागार शाखाका कैदीबन्दीमध्ये १४ जना कैदीले अहिले ढाका टोपी बुन्ने...बाँकी अंश →


भारतमा उत्पादित चौध वस्तु–उद्योगलाई एनएस चिह्न

काठमाडौँ, १७ चैत (रासस) ः नेपाल गुणस्तर तथा नापतौल विभागले भारतमा उत्पादित १४ वस्तुमा नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । भारतले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई भारतीय गुणस्तर चिह्न (आइएसआई) प्रदान गरे पनि नेपालले भने यस वर्षदेखि भारतीय उत्पादित वस्तु तथा उद्योगलाई आइएसआई चिह्न प्रदान गरेको...बाँकी अंश →


प्रेस काउन्सिल ऐन संशोधन हुँदै

ललितपुर, १६ चैत (रासस) ः प्रेस काउन्सिल ऐन झण्डै २६ वर्षपछि संशोधन हुने भएको छ । ‘प्रेस काउन्सिल ऐन संशोधन’ विषयक आज यहाँ आयोजित छलफल कार्यक्रममा बोल्दै कामु अध्यक्ष किशोर श्रेष्ठले ऐन पुरानो भएकाले समयसापेक्ष नभएको बताउनुभयो । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायालय र पत्रकारिताको काम गर्ने शैली फरक भए...बाँकी अंश →


लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने

काठमाडौँ, १६ चैत (रासस) ः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले आज शिष्टाचार भेट गर्नुभयो । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत टेप्लिजले नेपालको लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने बताउनुभयो । भेटमा मन्त्री बस्नेतले विभिन्न तीन चरणका निर्वाचन सम्पन्न भएसँगै नेपाल लामो...बाँकी अंश →


जापानद्वारा बौद्धिक सम्पत्तिको सुरक्षामा नेपालको सहयोग माग

काठमाडौँ, १६ चैत (रासस) ः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग आज भएको शिष्टाचार भेटमा नेपालका उत्पादनलाई जापानी बजारमा सहज पहुँचका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ । मन्त्री यादवको सचिवालयमा आज भएको भेटवार्तामा मन्त्री यादवले जापान सरकारको सहयोगमा सञ्चालनमा आएको उदयपुर सिमेन्ट कारखानाको...बाँकी अंश →


राज्यमन्त्री अर्याललाई मन्त्रालयको पूर्ण जिम्मेवारी

काठमाडौं, १६ चैत (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले आफूसँग रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कामकारबाही पूर्णमन्त्रीका हैसियतले नै गर्ने गरी राज्यमन्त्री अर्याललाई विभागीय जिम्मेवारी दिनुभएको प्रधानमन्त्री स्वकीय सचिव युवराज दाहालले जानकारी दिनुभयो । “प्रधानमन्त्रीले आफ्नो प्रत्यक्ष निगरानीमा...बाँकी अंश →


अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित

भक्तपुर । शिक्षक सेवा आयोगले यही चैत २३ गते तोकेको अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै पाँचौ पटक परीक्षा स्थगित गरेको जनाएको छ । परीक्षाको अन्तिम तयारी पुरा गरिसकेको अवस्थामा परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको पत्र प्राप्त भएकाले बाध्य भएर परीक्षा स्थगित...बाँकी अंश →


प्रधानमन्त्री आगामी साता भारत भ्रमणमा जाँदै

काठमाडौँ, १६ चैत (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेदेखि भारतको राजकीय भ्रमण गर्नुहुनेभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीले भारतको भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, मन्त्री, सांसद, नेपाल सरकारका सचिव तथा...बाँकी अंश →


कांग्रेसी नेता खुम बहादुर खड्काको निधन

काठमाडौँ, १६ चैत (रासस)ः नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षका उमेरमा आज भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । उपचारमा रहनुभएका नेता खड्काको आज अपराह्न ५ः१५ बजे निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँ मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित हुनुहुन्थ्यो...बाँकी अंश →


विप्लव समूहद्वारा एनसेल टावरमा आगजनी

खोटाङ, १६ चैत (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले दिक्तेल रुपाकोट मझुवागढी–१३ नुनथलास्थित महुरेगढीमा रहेको एनसेल टावरमा आगजनी गरेका छन् । गएराति करीब १० बजेको समयमा एनसेल टावरको घेराबार तोडेर विप्लव समूहले आगजनी गरेका हुन् । एनसेल टावरको फेदमा आगो सल्काएर ब्याट्री, तार, जेनेरेटरलगायतमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →


नक्कली चिकित्सकबाट युवती बलात्कृत

काठमाडौँ, १६ चैत (रासस) ः गङ्गालाल अस्पतालमा आमाको उपचार गर्न आएकी एक युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् । अस्पतालमा आमाको उपचारका लागि आएकी युवतीलाई गङ्गालालका डाक्टरसँग आफ्नो राम्रो चिनजान छ भनेर पाल्पा तानसेन घर भई हाल काठमाडौँ–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार गरेका हुन् । ती युवतीलाई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter