शनिबार, ०५ जेठ २०८१

प्रमको भारत भ्रमण देश हितलाई केन्द्रमा राखेर हुने

२२ चैत्र २०७४, बिहीबार ०८:५२ मा प्रकाशित

काठमाडौँ, २१ चैत (रासस) ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको भारत भ्रमण देशको हितलाई केन्द्रमा राखेर हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले हाम्रा लागि भारत र चीन दुवै उत्तिकै महत्व बोकेका मित्र हुन् भन्नुभयो । विगतमा नेपाललाई भारतबाट सहयोग प्राप्त हुँदै आएको उल्लेख गर्दै मन्त्री महासेठले नेपालको विकासका लागि सरकार लागिपरेको बताउनुभयो । उहाँले हाम्रो देशमा पनि रेल कुदाएर जनताको सपना पूरा गर्ने उल्लेख गर्नुभयो ।

मन्त्री महासेठले थप्नुभयो, “रेलमार्गको विकासका लागि दु्रतगतिले काम भइरहेको छ, दुई वर्षभित्र रेलमार्गका लागि धेरै काम गरिसकेका हुनेछौँ ।”

जयनगर–जनकपुर–बर्दिवास–सिमरा र सिमराबाट लुम्बिनीसम्म पु¥याउँछौँ । भारतसँगको सम्बन्ध यातायातमार्फत पनि बढाउन रेलमार्गले वीरगंज–काठमाडौँ जोड्ने सोच सरकारले बनाएको उहाँको भनाइ थियो ।

मन्त्री महासेठले भारतीय सहयोग र नेपालको लगानीमा निर्माणाधीन हुलाकी राजमार्ग द्रुतगतिमा अघि बढिरहेको बताउँदै राजमार्गको छ खण्डमा एक खण्डको काम करिबकरिब सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

उहाँले वर्तमान सरकार भारतसँगको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने अपेक्षासहित प्रधानमन्त्रीको भारत भ्रमण हुन लागेको स्पष्ट पार्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter