शनिबार, ०५ जेठ २०८१

प्रधानमन्त्रीको सूचना तथा प्रविधि विज्ञमा अस्गर अलि नियुक्त

केयर फाउंडेशन बाट उहाँलाई हार्दिक बधाई मुबारकबाद

२२ चैत्र २०७४, बिहीबार १०:०८ मा प्रकाशित

काठमाडौँ,  । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा प्रविधि विज्ञमा अस्गर अलिलाई नियुक्त गरेका छन् । सफल युवा आईटी उद्यमी अस्गर अलिलाई प्रधानमन्त्री ओलीले बुधवार नियुक्त गरेको हो ।

नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोन पे प्रा.लिई’का उनी कार्यकारी निर्देशक समेत हुन् । प्रधानमन्त्री ओलीले पार्टी नहेरी बिज्ञताको आधारमा उनलाई नियुक्त गरेका हुन् । प्रविधिको प्रयोगबाट देशभरि सहज ढङ्गले जनतालाई सेवा दिने सिस्टम विकास गर्न उनलाई नियुक्त गरिएको बताइएको छ  ।

इसेवाबाट प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ५० लाख बढीले सेवा लिइरहेको छ । देशभर इसेवाका २० हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पाइन्ट) छन्। इसेवाको मोबाइल एप्स् प्रयोग गर्नेको सङ्ख्या एक लाख ५० हजार बढी रहेका छन् ।

यस्तै  एमालेका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यहरूको बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त बैठकले नेम्वाङलाई संसदीय दलकाे उपनेता बनाउने निर्णय गरेको छ  । भने एमाले नेता खगराज अधिकारी दलको प्रमुख सचेतक र शान्ता चौधरीलाई सचेतक बनाइएको छ।

काे हुन अलि अस्कर ? 
अली सूचना तथा प्रबिधि क्षेत्रमा गहिरो ज्ञान र प्रभाव राख्ने युव उद्यमी समेत हुन् । अली नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोन पे प्रा.लि’का कार्यकारी निर्देशक समेत हुन् ।

बधाई मुबारकबाद:

यस अवसरमा केयर फ़ौंडेशनका अध्यक्ष अब्दुल्मुबिन खान महासचिव अब्दुस सबुर नदवी लगायत फ़ौंडेशनका समूचा टिमले असगर अली लाई बधाई मुबारकबाद दिनुभएका छन

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter