शनिबार, २२ बैशाख २०८१

विद्युत् चोरी गर्ने दशजना पक्राउ

२१ बैशाख २०७५, शुक्रबार ०९:५४ मा प्रकाशित

राजविराज, २१ वैशाख (रासस) ः सप्तरी जिल्लामा व्यापक विद्युत् चोरी भइरहेको भन्दै विद्युत चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत बिहीबार १० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको केन्द्रका प्रमुख चन्देश्वर साहले बताउनुभयो । पक्राउ परेका उनीहरुको साथबाट पाँच थान मोटर, दुई थान पंखा एक थान टिभी र दुई थान विद्युत् मिटर बरामद गरिएको प्रमुख साहले जानकारी दिनुभयो ।

पक्राउ परेकामाथि विद्युत् ऐनअनुसार रु पाँच हजारका दरले जरिवाना तिराएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । केही दिनयता विद्युत चोरी हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले हुकिङ नियन्त्रण अभियानलाई तीव्रता दिएको बताइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter