शनिबार, २२ बैशाख २०८१

रामपुरमा अनौठो गुफा फेला

२१ बैशाख २०७५, शुक्रबार १०:०५ मा प्रकाशित

रामपुर, पाल्पा, २१ वैशाख (रासस) ः रामपुर नगरपालिकामा अनौठो प्रकृतिको गुफा फेला परेको छ ।

रामपुुर नगरपालिका–५ को रामघाटस्थित भुलादीखोलाको भुद्रुङ्गघाटमा अनौठो गुफा फेला परेको हो । स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो । करीब १५० मिटर लम्बाइ रहेको गुफा फेला परेको स्थानीयवासी दिनेश कुमालले जानकारी दिनुभएको छ ।

गुफाभित्र शिवलिङ्ग, हात्तीका चित्र, शंख, विभिन्न भगवान्का आकृति, पानीका धारा, पानी पोखरी रहेका छन् । गुफाको भित्री भाग निकै फैलिएकाले गुफाभित्र एक हजार मानिस अट्ने क्षमता रहेको शंकर कुमालले जानकारी दिनुभयो ।

यहाँका १३ जना स्थानीय युवाले आज गुफाको खोजी अनुसन्धान गर्ने क्रममा भित्र पसेर हेर्दा अनौठो प्रकृतिको गुफा फेला परेको नगरपालिका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । यस गुफाले रामपुरको पर्यटन विकासमा ठूलो टेवा पु¥याउने हँुदा गुफाको संरक्षण र विकासमा नगरपालिका लाग्ने उहाँ बताउनुहुन्छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter