शनिबार, २२ बैशाख २०८१

गृहमन्त्रीबाट डा देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी

२२ बैशाख २०७५, शनिबार १३:३० मा प्रकाशित

काठमाडौँ, २२ वैशाख (रासस) ः गृहमन्त्री रामबहादुर थापा‘बादल’ले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
पित्त थैलीको क्यान्सरबाट पीडित डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न गृहमन्त्री थापा आज बाँसबारीस्थित न्यूरो अस्पताल पुग्नुभएको हो ।
भेटमा गृहमन्त्रीले डा देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संक्षिप्त कुराकानीसमेत गर्नुभएको थियो । गृहमन्त्रीले डा देवकोटाको उपचारमा संलग्न चिकित्सहरुसँग उहाँको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter