सोमबार, १७ बैशाख २०८१

राष्ट्रिय

पाँच वर्षभित्र काठमाडौँ–रक्सौल रेल मार्ग भारतिय लगानी मा

काठमाडौँ, ३० वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन उपलब्धिमूलक भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई पारस्परिक लाभ र समानताका आधारमा अघि बढाउने सन्दर्भमा भ्रमण सार्थक...बाँकी अंश →


बाह्र वर्षमा एक्काइस हजार हराए

काठमाडौँ, ३० वैशाख (रासस) ः बाह्र वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन् । बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष २०६३÷६४ देखि २०७४÷७५ सम्म केन्द्रमा २१ हजार ४३५ बालबालिका र युवा हराएको उजुरी परेको छ । चालू आवको आठ महिनामा मात्र देशभरबाट एक हजार...बाँकी अंश →


आर्थिक समृद्धिलाई केन्द्रमा राखेर बजेट ल्याउन सुझाव

काठमाडौँ, ३० वैशाख (रासस) ः जनताको विकास र चाहनाप्रतिको आशा र चाहनालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा धारणा राख्ने अधिकांश सांसदले जिम्मेवारी बहन गर्नुपर्ने निकायलाई जिम्मेवार बनाई बजेटको...बाँकी अंश →


दुई देशबीचको सम्बन्ध पारस्परिक र समान लाभका आधारमा

काठमाडौँ, ३० वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र उपलब्धिबारे प्रतिनिधिसभामा आज सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उहाँले भन्नुभयो, “ दुई देशबीचको सम्बन्ध पारस्परिक र समान लाभका आधारमा अघि बढाएर लैजाने वातावरण बनेको छ ।”...बाँकी अंश →


केन्द्रसहित ९३ त्रिवि निकायमा लेखापरीक्षणमा बेवास्ता

काठमाडौँ, ३० वैशाख (रासस) ः त्रिभुवन विश्वविद्यालयका दर्जनौं निकायमा थुप्रै वर्षअघिदेखि लेखापरीक्षण हुन नसकेको तथ्य बाहिर आएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदनमा ‘त्रिविअन्तर्गत रहेका २७३ इकाइले आव २०३३÷३४ देखि लेखापरीक्षण नगराएको औँल्याइएको हो । प्रतिवेदनमा विश्वविद्यालय अनुदान आयोगले त्रिविलाई यस वर्ष चालु खर्चतर्फ...बाँकी अंश →


गण्डक समस्याबारे छलफल नभएकामा गुनासो

नवलपरासी, ३० वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा गण्डक नदीको समस्याबारे छलफल नभएको जनाउँदै पश्चिम नवलपरासीका गण्डक पीडितले गुनासो गरेका छन् । नवलपरासीको त्रिवेणीमा बाँध बनाएर भारतको विहार उत्तर प्रदेशमा सिँचाइका लागि लगिएको पानीबाट वर्षेनी नेपालका साविकका १३ गाविस डुबानमा पर्दैआएका छन् । चुनावका बेला मात्रै...बाँकी अंश →


भरतपुरमा बम विस्फोट

रत्ननगर, चितवन, ३० वैशाख (रासस) ः चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ । अन्य मानवीय...बाँकी अंश →


द्विपक्षीय शिखर बैठकमा चित्रण भएको प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

काठमाडौँ, २९ वैशाख (रासस) ः गहिरो आत्मीय सम्बन्ध र समझदारीका आधारमा शताब्दीयौँदेखि सुदृढ रहेको नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धमा नयाँ आयाम थपिएको छ । इतिहासको कालखण्डमा झेलिएका आरोह अवरोहलाई इतिहासकै गर्तमा राखेर संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ नेपालको एक दशकको यात्रामा कूटनीतिक फाँटमा नयाँ आयाम थपिनुको कारण बनेको छ– नेपाल र भारतबीच भएको...बाँकी अंश →


‘स्वरोजगार सूचना केन्द्र’ सञ्चालनमा ल्याइने

काठमाडौँ, २९ वैशाख (रासस) ः युवा संघ नेपालले वेरोजगार युवालाई रोजगारसम्बन्धी सूचना उपलब्ध गराउने उद्देश्यले ‘स्वरोजगार सूचना केन्द्र’ सञ्चालनमा ल्याउने भएको छ । उक्त संगठनले यही जेठ १ गते २८ औँ स्थापना दिवशको अवसरमा सो केन्द्रलाई प्रयोगमा ल्याउन लागेको छ । विभिन्न रोजगारमूलक संघ संस्थासँग समन्वय र सहकार्य गरी रोजगारीकाबारे...बाँकी अंश →


मोदीको भ्रमण सफल र ऐतिहासिक ः मन्त्री ज्ञवाली

काठमाडौँ, २९ वैशाख (रासस) ः परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण धैरै हिसाबले सफल, ऐतिहासिक र सम्झनलायक इतिहासको एक महत्वपूर्ण मोड सावित भएको बताउनुभएको छ । प्रधानमन्त्री मोदीको आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले भ्रमणपछि सदियौँ पुरानो सम्बन्ध अझै सुदृढ रहने...बाँकी अंश →


भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

काठमाडौँ, २९ वैशाख (रासस) ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्कनुभएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हार्दिक विदाई अभिवादन गर्नुभयो । प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हँुदै शुक्रबार काठमाडाँै आउनुभएको थियो ।...बाँकी अंश →


नेपालको समृद्धिका लागि जस्तोसुकै सहयोग गर्न भारत तयार – प्रम मोदी

काठमाडौँ, २९ वैशाख (रासस) ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको आर्थिक विकास र समृद्धिका लागि नेपालकै आवश्यकता र प्राथमिकतामुताबिक जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको सम्मान कार्यक्रममा नागरिक अभिनन्दन ग्रहणपछि सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालले आफ्नो प्राथमिकता र आवश्यकताका आधारमा तय गर्ने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter