शनिबार, १५ बैशाख २०८१

करातेः नेपाल टिम च्याम्पियन

३१ बैशाख २०७५, सोमबार २२:२५ मा प्रकाशित

काठमाडौँ, ३१ वैशाख (रासस) ः नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि आज हात पारेको छ ।

नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगितामा नेपालले १४ स्वर्ण, १७ रजत र ३७ कास्य जित्दै टिम च्याम्पियनसमेत बन्यो । दोस्रो भएको भारतले ११–११ स्वर्ण, रजत र कास्य हात पा¥यो । तेस्रो स्थानमा चित्त बुझाएको भुटानले तीन तीन स्वर्ण र रजत तथा चार कास्य प्राप्त ग¥यो । पाँच राष्ट्र सहभागी दुईदिने उक्त प्रतियोगितामा तीन स्वर्ण र आठ कास्यसाथ श्रीलंका चौथो तथा दुई दुई स्वर्ण र कास्यसाथ मलेसिया पाँचौँ भए ।

पुरुषमा नेपालका कुइसाङ लामा र महिलामा नेपालकै विविका श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, आयोजक संघका अध्यक्ष एवं नेपाल कराते महासंघका महासचिव हरिशरण केसीलगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा ३५० खेलाडीले ३३ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter