आइतबार, १६ बैशाख २०८१

राष्ट्रिय

हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

कपिलवस्तु, २९ वैशाख (रासस) ः कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परे । पक्राउ पर्नेहरुमा भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सबइन्स्पेक्टर डिएस चतुर्वेदी, कन्स्टेबल नासिर हुसेन र कन्स्टेबल कोमल रहेको प्रहरीले जनाएको छ । उनीहरु कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल...बाँकी अंश →


नोटबन्दी र हवाई रुटबारे कुराकानी : ओली, यो नेपालको स्वर्णिम कालखण्ड : मोदी

काठमाडौं / रास– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतीय प्रतिबन्धित नोटको सटही, हवाई रुट थप गर्नेलगायतका विषयमा कुराकानी भएको बताएका छन् । उनले जलमार्ग र रेलमार्गको विषयमा समेत गम्भीर छलफल भएको बताए । दुईदिने नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री मोदीसँग शुक्रबार साँझ प्रधानमन्त्री ओलीले वान टु वान...बाँकी अंश →


अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन शुरु

काठमाडौँ, २९ वैशाख (रासस) ः ‘लोकवार्ता, लोकजीवन तथा अभौतिक सांस्कृतिक सम्पदा’ को मूल विषयसहित दुईदिने छैटौँ अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । नेपाली लोकवार्ता तथा संस्कृति समाजले आयोजना गरेको सम्मेलनमा लोकवार्ता, संस्कृति, लोकसाहित्य, समाजशास्त्र, मानवशास्त्र, संगीतशास्त्र, भाषा विज्ञान, पर्यटन, भूगोल, कम्युटर विज्ञान तथा इञ्जिनियरिङजस्ता विषयका...बाँकी अंश →


केयर फाउंडेशनले निःशुल्क लोकसेवा कक्षा संचालन गर्ने

शमशाद आदिल, केयर खबर  काठमांडौ लोकसेवा तयारीको लागि मोटीभेशन प्रोग्राम तथा निःशुल्क कक्षा सञ्चालन गर्न गईरहेको छ। केयर फॉउंडेशनका शिक्षा विभाग प्रमुख अख्तर हुसैनले बिद्यार्थीहरुलाई सरकारी कार्यालयमा जागिर गर्न उत्प्रेरित गर्ने उद्देश्यले निःशुल्क कक्षा संचालन सुरु हुने जानकारी दिदै इच्छुक विधार्थीहरुले कार्यालयमा सम्पर्क गर्न आव्हान गरे । [caption id="attachment_4078" align="alignnone"...बाँकी अंश →


दुवै देशका विकासका नारा परिपूरक प्रम मोदी

काठमाडौँ, २८ वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड समृद्ध र सशक्त नेपाल बनाउने सबै नेपालीको आकांक्षालाई भारतले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री मोदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक, सामाजिक...बाँकी अंश →


भारतीय प्रम मोदीको सम्मानमा रात्रिभोज

काठमाडौँ, २८ वैशाख(रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गर्नुभयो । त्यस अवसरमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिपरिषद्का सदस्य, प्रदेश नं ३ का प्रमुख, पूर्वप्रधानमन्त्री, संवैधानिक अंगका प्रमुख, सांसद, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायतको उपस्थिति...बाँकी अंश →


नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता

काठमाडौँ, २८ वैशाख (रासस)ः नेपाल र भारतका प्रधानमन्त्रीबीच आज यहाँ प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भयो । सौहार्दपूर्ण वातावरणमा भएको उक्त वार्तामा नेपाल–भारत सम्बन्धका सबै पक्षमा विचार विमर्श भएको थियो । नेपालको भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको द्विपक्षीय उक्त वार्तामा पारस्पारिक हित र चासोका विषयमा...बाँकी अंश →


अन्तरदेशीय प्रसारण लाइन र पञ्चेश्वर अगाडि बढाइने

काठमाडौँ, २८ वैशाख (रासस) ः नेपाल र भारतले संयुक्त रुपमा केही महत्वपूर्ण जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका भारतका प्रधानमन्त्रीले पञ्चेश्वरलगायत महत्वपूर्ण बहुउद्देश्यीय आयोजना शीघ्र अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको हो । यहाँ...बाँकी अंश →


जनकपुर भ्रमण यादगारः भारतीय प्रम

महेन्द्रनगर, धनुषा, २८ वैशाख (रासस) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित जानकी मन्दिर दर्शन गर्ने धेरै वर्षदेखिको इच्छा आज पूरा भएको बताउनुभएको छ । नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा आज जनकपुर आउनुभएका प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा रहेको आगन्तुक पुस्तिकामा ‘नेपाल र भारत दुवै देशका तीर्थालुको धार्मिक तीर्थस्थलको यात्रा...बाँकी अंश →


करोडौँ मूल्यमा बुद्ध धर्मग्रन्थ बेच्न लैजाँदै गर्दा पक्राउ

काठमाडौँ, २८ वैशाख (रासस) नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले पुरातात्विक महत्वको ऐतिहासिक बुद्ध धर्मग्रन्थसहित आज पाँच जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले बुद्ध धर्मग्रन्थसहित भारतका किप्पा भुटिया, दोलखाका घ्याम्छो लामा, बाँकेका जयरावज आचार्य, कैलालीका प्रवीणकुमार शाह र झापाका पुष्कर मैनालीलाई बिहीबार सातदोबाटोबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।...बाँकी अंश →


भारतीय प्रधानमन्त्री मोदीसँग पूर्वप्रधानमन्त्रीहरुको भेटवार्ता

काठमाडौँ, २८ वैशाख (रासस) नेपालको राजकीय भ्रमणमा रहनु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका पूर्वप्रधानमन्त्रीहरुबीच भेटवार्ता भएको छ । आज साँझ होटल द्वारिकाजमा भएको उक्त भेटवार्तामा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, भलनाथ खनाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल‘प्रचण्ड’मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको सहभागिता थियो । भेटवार्तामा आपसी हित र चासोका विभिन्न विषयमा...बाँकी अंश →


संघीयताले देशको अस्तित्व समाप्त पार्छः नेता केसी

पोखरा, २८ वैशाख (रासस) राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले ‘नेपाली जनताको चाहनाविपरीत लादिएको’ संघीयताले देशको अस्तित्वलाई संकटमा पर्ने बताउनुभएको छ । जनमोर्चाको भ्रातृ संगठन अखिल नेपाल युवक संघको साताँै राष्ट्रिय सम्मेलनको यहाँ आज उद्घाटन गर्दै उहाँले विप्रेषणले धानेको देशको अर्थतन्त्रले संघीयता धान्न नसक्ने बताउनुभयो । मुलुकमा रोजगारीको सिर्जना गर्न...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter