आइतबार, १६ बैशाख २०८१

आज एकैपटक ४० आरोही सगरमाथाको शिखरमा

३१ बैशाख २०७५, सोमबार २२:१३ मा प्रकाशित

काठमाडौँ, ३१ वैशाख (रासस) ः आज एकैपटक ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

यस वर्षको आरोहण शुरु भएको आज दोस्रो दिन एकैपटक ४० आरोही विश्वकै सर्वोच्च शिखरमा पुगेका हुन् ।

सगरमाथा आधार शिविरमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वदेशी तथा विदेशी नागरिकले आरोहण सम्पन्न गरेका छन् ।

“हामीलाई प्राप्त जानकारीअनुसार ४० आरोहीले सर्वोच्च शिखरको आरोहण गरेको पुष्टि भएको छ, थप केही आरोही पनि शिखरमा पुगेको सूचना आए पनि पुष्टि भइसकेको छैन”, सम्पर्क अधिकृत श्रेष्ठले भन्नुभयो ।

अनुकूल मौसमको पर्खाइमा क्याम्प चारमा मात्रै १५० आरोही रहेका छन् । त्यस्तै केही आरोही भने सगरमाथा आधार शिविरमा नै रहेका छन् ।

दुवै खुट्टा नभएका चिनियाँ आरोही शिखरमा

सम्पर्क अधिकृत श्रेष्ठका अनुसार दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ नागरिक सिए बोयोले आज बिहान सगरमाथाको शिखरमा पाइला टेक्नुभएको हो ।

इमाजिन टे«क्स एण्ड एस्पिडिसन प्रालिकातर्फबाट आरोहण गर्नुभएका चिनियाँ नागरिक विगत ४० वर्षदेखि सगरमाथाको आरोहण गर्ने प्रयासमा हुनुहुन्थ्यो । उहाँसँगै सात चिनियाँ आरोहीले आजै सफल आरोहण गर्नुभएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter