मङ्गलबार, १८ बैशाख २०८१

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

३० बैशाख २०७५, आईतवार २३:१५ मा प्रकाशित

काठमाडौँ, ३० वैशाख (रासस) ः नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा चौथो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

आगामी जेठ ४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट ४००, भारतबाट १५० र बंगलादेशबाट १० खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

दुईदिने उक्त प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । प्रतियोगिताको अवधिमा काठमाडौँ महानगरपालिका– २६ का अन्तर्राष्ट्रिय पदक विजेतालाई समेत सम्मान गरिने आयोजकले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter