२० मंसिर २०८२

राष्ट्रिय

आधुनिक युगमा रेशम मार्गको महत्व’

काठमाडौँ, ३१ वैशाख (रासस) ः यहाँस्थित पाकिस्तानी राजदूतावास र पाकिस्तान अध्ययन केन्द्रद्वारा आज राजधानीमा ‘आधुनिक युगमा प्राचीन रेशम मार्गको सामयिकता’ विषयको कार्यशालामा चीनको ‘एक क्षेत्र, एक मार्ग (ओबिओआर) परियोजनाबाट नेपाललाई लाभ पुग्ने बताइएको छ । कार्यशालाको उद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल सरकारले गत वर्ष ओबिओआरअन्तर्गत भौतिक पूर्वाधार...बाँकी अंश →


धरहरा पुनःनिर्माणको शिलान्यास असारमा

काठमाडौँ, ३१ वैशाख (रासस)ः भूकम्पले क्षतिग्रस्त धरहराको पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नै गर्ने भएको छ । धरहरा पुनःनिर्माणको शिलान्यास असारमै गर्ने गरी तयारी गरिएको प्राधिकरणले जनाएको छ । धरहरा पुनःनिर्माणका लागि प्राधिकरणले आजको गोरखापत्र दैनिकमा टेण्डर आह्वानसमेत गरेको छ । धरहरा पुनःनिर्माणका लागि करीब रु चार अर्ब लाग्ने लागत अनुमान...बाँकी अंश →


खुशीसहितको सुखी नेपालीतर्फ बजेट केन्द्रित हुने

काठमाडौँ, ३१ वैशाख (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले खुशीसहितको सुखी नेपालीतर्फ आगामी बजेट केन्द्रित हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५÷०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले अबको प्राथमिकता संविधानको मर्मअनुसार समावेशी र समृद्ध नेपाल...बाँकी अंश →


आज एकैपटक ४० आरोही सगरमाथाको शिखरमा

काठमाडौँ, ३१ वैशाख (रासस) ः आज एकैपटक ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यस वर्षको आरोहण शुरु भएको आज दोस्रो दिन एकैपटक ४० आरोही विश्वकै सर्वोच्च शिखरमा पुगेका हुन् । सगरमाथा आधार शिविरमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वदेशी तथा विदेशी...बाँकी अंश →


राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

काठमाडौँ, ३१ वैशाख (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायपरिषद् तथा न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष कामु प्रधानन्यायायीश जोशीले आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा १३८...बाँकी अंश →


भारतीय सांसदको ट्वीटप्रति काँग्रेसको आपत्ति

काठमाडौँ, ३१ वैशाख (रासस) ः नेपाली काँग्रेसले भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्वीटमार्फत गरेको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । दुई देशबीच सदियौँदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पु¥याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको काँग्रेसको ठहर छ...बाँकी अंश →


जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न

काठमाडौँ, ३१ वैशाख(रासस) ः नेपालमा तीनवटै तहको निर्वाचन भई राजनीतिक स्थिरता कायम भएको सन्दर्भमा कसरी आर्थिक सम्वृद्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा जर्मनीको कोलोन शहरमा हालै सम्पन्न २९ औँ ‘नेपाल दिवस’ का अवसरमा गहन छलफल भएको छ । जर्मन नेपाल मैत्री संघले नेपाल पर्यटन बोर्ड, जर्मनीस्थित नेपाली दूतावास र जर्मनीको...बाँकी अंश →


प्रदेश नं ३ मन्त्रिपरिषद्को बैठक

हेटौँडा, ३१ वैशाख (रासस) ः प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५÷७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ । दुई वटा विधेयक भोलि जेठ १ गते बस्ने बैठकमा प्रस्तुत गरिने भएको मन्त्रिपरिषद्का प्रवक्ता एवं आर्थिक...बाँकी अंश →


गरीब पिछडीएको अपहेलितः मधेस कि पहाड?

केयर खबर, प्रदेश नं २ का मुख्यमन्त्रीले भारतका प्रधानमन्त्रीलाइ नागरिक अभिनन्दन गर्दा सार्वजनिक बक्तब्य पढ्दै भनेछन्, ‘महामहिमज्यू, मधेश गरिब छ, हामी केन्द्रबाट अपहेलित, ठगिएका छौं, विभेद गरिएको छ र हामी अझै संघर्षत छौं ।’ साच्चै के तराइमधेश गरिब छ? के ठगिएको हो? के तराइमधेश अपहेलित छ? के मधेशीले अधिकार नपाएकै...बाँकी अंश →


अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

काठमाडौँ, ३० वैशाख (रासस) ः नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा चौथो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । आगामी जेठ ४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट ४००, भारतबाट १५० र बंगलादेशबाट १० खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख सन्तोष...बाँकी अंश →


महिला संघ पदाधिकारी मनोनयनमा विवाद

काठमाडौँ, ३० वैशाख (रासस) ः नेपाली काँग्रेसको भातृसंस्था नेपाल महिला संघमा केही दिनअघि गरिएको पदाधिकारी र सदस्यको मनोनयनमा विवाद देखिएको छ । संघका अध्यक्ष उमा रेग्मीले यही वैशाख २८ गते गर्नुभएको केन्द्रीय पदाधिकारी र सदस्यको मनोनयनप्रति संघका महासचिव धना खतिवडाले आज एक विज्ञप्तिमार्फत असहमति प्रकट गर्नुभएको हो । महासचिव खतिवडाले...बाँकी अंश →


‘क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने’

चितवन, ३० वैशाख (रासस) ः नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताउनुभएको छ । नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताउनुभयो । “मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter