बिहिबार, ०३ जेठ २०८१

राष्ट्रिय

‘निर्माणमा कमजोरी देखिए प्राविधिक पनि दोषी’

काठमाडौँ, ३ असार (रासस) ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीलाई अब कुनै किसिमको धरपकड नगरिने प्रतिबद्धता जनाउनुभएको छ । निर्माण व्यवसाय विकास परिषद्को आज यहाँ भएको बैठकमा उहाँले व्यवसायीलाई विगतमा जस्तो व्यवहार नगरिने स्पष्ट गर्नुभयो । सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघ प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले...बाँकी अंश →


राष्ट्रियसभा सदस्यले आफ्नो अवधि आफैँ निर्धारण गर्दै

काठमाडौँ, ३ असार (रासस) ः राष्ट्रियसभाका सदस्यले आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्नुहुने भएको छ । नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि दुई, चार र छ कति वर्ष हुने भन्ने टुङ्गो सोमबार पहिलो पटक लगाउनुहुनेछ । अर्थमन्त्री डा युवराज खतिवडा र गृहमन्त्री...बाँकी अंश →


विभागीयमन्त्री उपस्थित नहँुदा बैठक स्थगित

काठमाडौँ, ३ असार (रासस) ः विषयगत चार मन्त्रालयका मन्त्री बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थिति भएको थिएन । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य...बाँकी अंश →


मालपोत नापी कार्यालय हरु मा गलत गर्ने लाई कारवाही को दायरामा ल्याइनने

३ असार, काठमाडौं । केयर ख़बर :  मालपोत, नापी कार्यालयमा लामो समय बसी बिचौलियासँग नेक्सस जोड्ने र भ्रष्टाचार गर्ने कर्मचारीको गोप्य लिष्ट तयार हुदैछ । गलत गर्ने सबैलाइ कार्वाहीको दायरामा ल्याइन्छ । मालपोत कार्यालयहरुमा आमूल सुधार गरिन्छ । अहिले निवेदन दिँदा लामो र अप्ठ्यारा फर्म लेख्ने झन्झटबाट मुक्त गर्न ए...बाँकी अंश →


‘उद्योग क्षेत्रमा विद्युत्को कुनै समस्या छैन’

काठमाडौँ, ३ असार (रासस) ः नेपाल विद्युत् प्राधिकरणले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् आपूर्तिको समस्या नरहने बताएको छ । उद्योगी व्यवसायीले मागेअनुसार विद्युत् उपलब्ध गराउन प्राधिकरण तयार भए पनि उद्योगी आफैँले गर्नुपर्ने काम नगरेको पाइएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)को औद्योगिकीकरण...बाँकी अंश →


औद्योगिक तथा कृषि क्रान्तिमा जोड

पोखरा, ३ असार (रासस)ः नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकारले ल्याएको परम्परागत बजेटले राज्यको अपेक्षा पूरा हुन नसक्ने बताउनुभएको छ । प्रेस क्लब पोखराद्वारा आज आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री डा भट्टराईले सरकारको नीति तथा कार्यक्रमले आर्थिक क्रान्तिमा परिवर्तन नदेखाउने बताउँदै परम्परालाई धान्ने किसिमबाट आएको बजेटले मुलुकको समृद्धि र...बाँकी अंश →


सरकार मधेशसँग अनुदार भएको आरोप

काठमाडौं, ३ असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विषयमा भएको छलफलमा भाग लिँदै सांसद दुर्गाबहादुर रावलले सरकार नीति, विधि...बाँकी अंश →


काँग्रेसको विधान संशोधन गरी महाधिवेशन गराउनुपर्ने

विराटनगर, ३ असार (रासस) ः नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको वर्तमान नेतृत्व सामन्ती र सर्वसत्तावादी सोचबाट अगाडि बढेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेसको विधान संघीय स्वरुपमा संशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्काल अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टी केन्द्रीय सदस्य...बाँकी अंश →


यातायातमा वृद्धवृद्धालाई छुट दिने व्यवस्थालाई कडाइ गर्नुपर्ने

काठमाडौँ, ३ असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गत खर्च रकमलाई कटौती गरियोस् भन्ने प्रस्तावमाथिको छलफल चलेको छ ।...बाँकी अंश →


नेपाल–स्विट्जरल्याण्ड परामर्श बैठक सम्पन्न

काठमाडौँ, २ असार (रासस) ः नेपाल र स्विट्जरल्याण्डका परराष्ट्र मन्त्रालयबीच दोस्रो द्विपक्षीय परामर्श बैठक स्विट्जरल्याण्डको राजधानी वर्नमा बिहीबार सम्पन्न भयो । जेनेभास्थित नेपाली दूतावासद्वारा प्रकाशित प्रेस विज्ञप्तिका अनुसार बैठकमा दुवै पक्षले द्विपक्षीय सम्बन्धका सबै पक्षमा समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन तथा वाणिज्य सहयोगका क्षेत्रको सम्भाव्यताबारे छलफल गरेका थिए ।...बाँकी अंश →


स्थायी कमिटी बैठकमा चीन भ्रमणबारे जानकारी

काठमाडौँ, २ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे जानकारी गराइएको छ । बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो भ्रमण फलदायी र ऐतिहासिक हुने अपेक्षासहित जानकारी गराउनुभएको हो । प्रधानमन्त्री ओली यही असार ५ गते छिमेकी चीनको भ्रमणमा...बाँकी अंश →


सर्वसत्तावादविरुद्धको अभियान वर्तमान नेतृत्वबाट हँुदैन ः डा कोइराला

काठमाडौँ, २ असार (रासस) ः नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले दुई तिहाइ बहुमतको आडमा नेकपाले मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस पाल्पा–काठमाडाँै सम्पर्क समितिको तेस्रो अधिवेशन समारोहमा उहाँले अदालत र प्रेसमाथि आक्रमण गरी वामपन्थीहरुले मुलुकलाई सर्वसत्तावादतर्फ उन्मुख गरेको धारणा व्यक्त गर्नुभयो । नेपाली काँग्रेसको अहिलेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter