बिहिबार, ०३ जेठ २०८१

संघीयताको बजेट केन्द्रमा सीमितः महासचिव वैद्य

४ असार २०७५, सोमबार ००:२३ मा प्रकाशित

चितवन, २ असार (रासस) ः नेकपा (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले संघीयता भने पनि बजेट केन्द्रमा सीमित भएको बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले बजेट विकेन्द्रीकरण हुनु पर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । उहाँले देशमा आर्थिक क्रान्ति गर्ने भनिए पनि बजेट त्यस अनुरुप नभएको बताउनुभयो ।

महासचिव वैद्यले भन्नुभयो, “आर्थिक क्रान्ति भनेपछि गुणात्मक खालको बजेट हुनुपर्नेमा त्यो छैन । सबै बजेट केन्द्रमा सीमित छ ।” सरकार जनगणतन्त्र, जनजीविकाका समस्या समाधान गर्ने दिशामा नगएको उहाँले बताउनुभयो ।

सरकार यथास्थितिवादी ढंगले अगाडि बढेको आरोप लगाउँदै उहाँले यो सरकारले संसद्वादको संरक्षण गरेको उदारीकरण र निजीकरणलाई यथावत राखेकाले देशलाई निकास दिन नसक्ने बताउनुभयो ।

सरकारले राजनीतिक क्रान्ति पूरा भयो अब आर्थिक क्रान्ति गर्नुपर्छ भने पनि त्यो दिशामा जान नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वाम पनि बताउने, कम्युनिष्ट पनि हुँ” भन्ने तर नीति तथा कार्यक्रम र बजेट यथास्थितिमा राख्ने कसरी हुन्छ भनी प्रश्न गर्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter