शनिबार, ०५ जेठ २०८१

प्रहरी युनिटमा सिसिटिभी क्यामेरा जडान

४ असार २०७५, सोमबार १५:३९ मा प्रकाशित

भीमदत्तनगर, ४ जेठ (रासस)ः कञ्चनपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय भीमदत्तनगरसहित पाँचवटा इलाका प्रहरी कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरेको छ ।

प्रहरीको केन्द्रीय कार्यलयको नीति अनुसार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयहरु दोधारा– चाँदनी, झलारी, बेल्डाँडी, बेलौरी र त्रिभुवनबस्तीमा सिसिटिभी क्यामेरा जडान गरिएको प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो । जिल्लामा पहिलो पटक कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।

कार्यालयको प्रवेशद्वार, थुनुवा कक्ष र कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । “यसले कार्यसम्पादनमा थप सहजता थप्नेछ,” प्रहरी प्रवक्ता सेटीले भन्नुभयो– “बजार क्षेत्रमासमेत क्यामेरा जडान गरिँदैछ ।”

भीमदत्त नगरपालिकाले नगरक्षेत्रको १८ स्थानमा सिसिटिभी क्यामेरा जडानका लागि प्रक्रिया थालेको छ । क्यामेरा जडान गर्न रु २१ लाखको ठेक्का सम्झौता भइसकेको सेटीले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter