शनिबार, २२ बैशाख २०८१

नेपालगन्जलाई नमूना शहर बनाउँछुः मन्त्री राई

४ असार २०७५, सोमबार ००:१४ मा प्रकाशित

नेपालगन्ज, ३ असार ९रासस० ः शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जलाई नमूना शहर बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

बाँके जिल्ला समन्वय समितिले आज यहाँ आयोजना गरेको अन्तरक्रियात्मक छलफल कार्यक्रममा उहाँले नेपालगन्जको विद्युत् अनियमितताको समस्या पनि छिट्टै अन्त्य गर्ने, औद्योगिक विकासका पूर्वाधार बढाउँदै जाने र सार्वजनिकस्तरका भौतिक पूर्वाधारको निर्माणका लागि सक्दो प्रयास गर्ने आश्वासन पनि दिनुभयो ।

मन्त्री राईको थप भनाइ थियो, “अब बाँके जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाले पनि नागरिकलाई साथ लिएर काम गर्न सक्नुपर्छ, त्यसो गरियो भने मात्र विकास र समृद्धिमा नेपालगन्ज अगाडि बढन सक्छ ।”

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारु, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुलगायतले बाँकेको वस्तुगत अवस्थाका विषयमा मन्त्री राईलाई जानकारी गराउनु भएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter