बिहिबार, ०३ जेठ २०८१

राष्ट्रिय

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ ः मन्त्री पण्डित

पोखरा, २ असार (रासस) ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न हुने बताउनुभएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षण गर्दै उहाँले राष्ट्रिय गौरवको आयोजना भएकाले सरकार विमानस्थल निर्माणमा गम्भीर रहेको बताउनुभयो । निर्माणका बारेमा विभागीय मन्त्रीसँग समेत पोखरा...बाँकी अंश →


ملک نیپال میں عید پورے جوش وخروش اور عقیدت واحترام کے ساتھ عید منائی گئی

کاٹھمانڈو (کئیرخبر) آج ملک بھر میں مسلمانوں نے پورے جوش وخروش اور عقیدت واحترام کے ساتھ   منائی، جگہ جگہ مسجدوں اور عید گاہوں میں لوگ ایک دوسرے کو مبارکباد دیتے نظر آئے، روایتی کھانوں کا اہتمام کیا گیا ، وہیں دوسری طرف سنت رسول ﷺ کو زندہ کرتے ہوئے ساتویں...बाँकी अंश →


पारवहन सन्धिमा हस्ताक्षर हुन्छः परराष्ट्रविद्

काठमाडौँ, २ असार (रासस) ः प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा नेपाल–चीनबीच पारवहन तथा यातायातसम्बन्धी सन्धिमा हस्ताक्षर हुनसक्ने प्रवल सम्भावना रहेको परराष्ट्र मामिलाका जानकारहरुले संकेत गर्नुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा राजन भट्टराईले आगामी मंगलबारबाट हुने प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा पारवहन र...बाँकी अंश →


थप हवाई मार्ग उपलब्ध गराउन भारत सहमत

काठमाडौँ, २ असार (रासस) ः भारतले उडान सुरक्षाको अध्ययनपछि नेपाललाई थप चार हवाई मार्ग उपलब्ध गराउन सहमत भएको छ । नेपाल र भारतका हवाई अधिकारीबीच भएको तीन दिने छलफलका क्रममा सो सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीच थप हवाई मार्ग उपलब्ध गराउने विषयमा भएको...बाँकी अंश →


जग्गा कारोबारीको सम्पत्ति छानबिन हुने

काठमाडौँ, २ असार (रासस) ः सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला परामर्श शुरु गरेको छ । खेतीयोग्य जमिनलाई भू–माफियाले टुक्रा टुक्रामा विभाजन गर्ने र चर्को मूल्यमा घडेरीका नाममा पल्टिङ गरी बिक्री वितरण गरेका कारण जग्गाको वर्गिकरण गरी जमिनलाई...बाँकी अंश →


तराई मधेशमा अठार हजार जनता बराबर एक बैंक

काठमाडौँ, २ असार (रासस) ः तराई मधेशका जिल्लालाई सुगम मानिए पनि एउटै बैंक तथा वित्तीय संस्थाले तोकिएभन्दा बढी सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक प्रतिवेदनका आधारमा तराईका जिल्लामा एक बैंक तथा वित्तीय संस्थाले १७ हजार ९७३ जनालाई सेवा दिनुपर्ने पाइएको हो...बाँकी अंश →


शेयर बजार ः एक अर्ब बढीको कारोबार

काठमाडौँ, २ असार (रासस) ः धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता कूल ४८ लाख ६८ हजार ७० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा दुई दशमलव १४...बाँकी अंश →


काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्छ ः नेता पौडेल

काठमाडौँ, २ असार (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाली काँग्रेस पर्वत–काठमाडौँ सम्पर्क समितिको बालाजुमा नयाँ कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले काँग्रेसको सर्वसत्तावाद विरुद्ध लड्न काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताउनुभयो । “कम्युनिष्टहरुले काँग्रेसलाई अफ््यारो अवस्थामा पु¥याएका छन्,...बाँकी अंश →


बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्र्देशन

काठमाडौँ, २ असार (रासस) ः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । नेकपाको संसदीय दलको आज प्रधाननमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै क्षेत्रका जनता र प्रतिनिधिका...बाँकी अंश →


इदमा राष्ट्रपति र प्रमको शुभकामना

काठमाडौँ, २ असार (रासस)ः राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले एक शुभकामना सन्देश दिँदै सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम...बाँकी अंश →


संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ ः महतो

लहान, २ असार (रासस) ः राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा जाने कुनै सम्भव नरहेको बताउनुभएको छ । सिरहाको चोहर्वामा आज बिहान आयोजित कार्यकर्ता भेटघाटमा महतोले संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएको झुटो मुद्दा फिर्ता र रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा नजाने स्पष्ट...बाँकी अंश →


भ्रष्टाचार, तस्करी, अपराध र एकाधिकारको अन्त्यका लागि ठोस कदम

काठमाडौँ, १ असार (रासस)ः गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, तस्करी, अपराध र एकाधिकारको अन्त्यका लागि मन्त्रालयले ठोस कदम चालिसकेको बताउनुभएको छ । यहाँ आज मगर समुदायको पवित्र चाड भूमे (भूमिया) का उपलक्ष्यमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले जनताको रगत पसिनाबाट जम्मा भएको राजश्वको सदुपयोगका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सोही अवसरमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter