सोमबार, १७ बैशाख २०८१

राष्ट्रिय

बुद्ध एयरद्वारा नेपालगञ्ज–नयाँ दिल्ली उडानका लागि निवेदन

काठमाडौँ, ८ असार (रासस) ः बुद्ध एयरले नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीसमक्ष निवेदन बुझाएको छ । बुद्ध एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान (बिहान ६ः३०, दिउँसो १ः०० र साँझ ५ः१० बजे) नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि अनुमति...बाँकी अंश →


तिब्बत सरकारबाट नेपाललाई सहयोग हुने

ल्हासा, चीन, ८ असार (रासस) ः चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र तिब्बत सरकारका अध्यक्ष छिटालाबीच आज भेटवार्ता भएको छ । नेपाली प्रतिनिमण्डल र तिब्बत सरकारका अध्यक्षबीच इन्टरकन्टिनेन्टल कन्फेरेन्स सेन्टरमा आज भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालसँग सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सम्बन्ध अझ विशेष एवं ऐतिहासिक रहेको...बाँकी अंश →


दुई देशबीच भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धताको स्वागत’

काठमाडौँ, ८ असार (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा विगतमा दुई देशबीचमा भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गर्न गरिएको प्रतिबद्धताको स्वागत गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालयमा आज बसेको पदाधिकारी बैठकले पारवाहन, व्यापार, रेल, बिजुली, पर्यटन र पूर्वाधारसम्बन्धी सम्झौतालाई अगाडि बढाउने...बाँकी अंश →


सामाजिक सञ्जालमा जथाभावी सामग्री नराख्न आग्रह

काठमाडाँै, ८ असार (रासस) ः प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा जथाभावी अशिष्ट र भ्रामक सामग्री नराख्न सञ्चारकर्मीलाई आग्रह गरेको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनाले आज प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि काउन्सिल नै खारेज गर्नुपर्ने, आगो लगाउनुपर्ने, काउन्सिलका पदाधिकारी तथा कर्मचारीलाई मार्नेजस्ता धम्कीसहित काउन्सिलले जारी गरिरहेका आचारसंहिता अनुगमनसम्बन्धी...बाँकी अंश →


एकताबद्ध भई सशक्त ढंगले अघि बढ्ने काँग्रेसको संकल्प

हेटौँडा, ८ असार (रासस) ः नेपाली काँग्रेसका जिल्ला सभापतिको भेलाले विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै चुनौतीको सामना गर्न एकताबद्ध भई सशक्त ढंगले अघि बढ्ने संकल्प गरेको छ । मकवानपुरको हेटाँैडामा काँग्रेसका जिल्ला सभापतिहरुको चार दिनसम्म भएको राष्ट्रिय भेलाले आज हेटौँडा घोषणापत्र जारी गर्दै पार्टी विधानसम्बन्धी सुझावलाई ध्यानमा राखी आगामी भदौमा...बाँकी अंश →


मितेरी पुल निर्माण हुने ः नाका खुल्ने भएकोमा सिन्धुपाल्चोकवासी खुशी

काठमाडौँ ८ असार (रासस) ः चीन सरकारले सिन्धुपाल्चोकको तातोपानी नाका खोल्ने लक्ष्यका साथ मितेरी पुल निर्माण गर्ने सम्झौता भएपछि सो क्षेत्रका उद्योगी, व्यवसायी, सरोकार भएका व्यक्ति तथा निकाय खुशी भएका छन् । ‘गोरखा भूकम्प’पछि बन्द भएको सो नाका खुलाउने र मितेरी पूल निर्माण गर्ने विषयमा सहमति भएको जानकारी पाएपछि उनीहरु...बाँकी अंश →


प्रशासकीय अदालतसम्बन्धी विधेयक स्वीकृ

काठमाडौँ, ८ असार (रासस) ः राष्ट्रियसभाको आजको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको तर्फबाट श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृति दिएको हो । उक्त...बाँकी अंश →


संसद्को संयुक्त बैठक र संयुक्त समिति नियमावली पारित

काठमाडौँ, ८ असार (रासस) ः संघीय संसद्को आजको संयुक्त बैठकले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५’ पारित गरेको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको आज भएको संयुक्त बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो । बैठकमा समितिका सभापति कृष्णभक्त पोखरेलले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति...बाँकी अंश →


नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह

ल्हासा, चीन, ८ असार (रासस) ः चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनीहरुले राहदानी र नागरिकताका कारण आफूहरुलाई समस्या परेको भन्दै कुनै न कुनै उपायबाट समस्याको समाधान गरिदिन आग्रह गरेका हुन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री...बाँकी अंश →


प्रधानमन्त्री ल्हासामा

विशेष प्रतिनिधि हरि लामिछाने) ल्हासा, चीन, ८ असार (रासस) ः चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङबाट आज ल्हासा आइपुग्नुभएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डललाई तिब्बत सरकारका उपमन्त्री लिउ ज्याङले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीले ल्हासामा नेपाली समुदायसँग अन्तक्र्रिया गर्नुका साथै पोताला...बाँकी अंश →


सगरमाथा आरोही श्रेष्ठ र महर्जनलाई सम्मान

काठमाडौँ, ८ असार (रासस)ः सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ र कल्पना महर्जनलाई आज सम्मान गरिएको छ । कीर्तिपुर नगरपालिका र नेवाः पत्रकार राष्ट्रिय दवुले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा आरोही श्रेष्ठ र महर्जनलाई दोसल्ला ओढाएर सम्मानपत्र दिइएको छ । आरोही श्रेष्ठले करीब तीन महिना र महर्जनले करिब दुई महिना...बाँकी अंश →


नेपाल–चीन संयुक्त वक्तव्य

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’ (विशेष प्रतिनिधि हरि लामिछाने) बेइजिङ, ८ असार (रासस) ः नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने औपचारिक चीन भ्रमणका क्रममा दुई पक्षबीचको औपचारिक वार्ता र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter