बिहिबार, १३ बैशाख २०८१

रु एक अर्बको लागतमा गुरुयोजना सम्पन्न

१० असार २०७५, आईतवार २३:०९ मा प्रकाशित

काठमाडौँ, १० असार ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ को गुरुयोजना रु एक अर्ब रुपैयाँ लागतमा सम्पन्न भएको छ ।

आयुर्वेद विभागले योगाभ्यास र पञ्चकर्मबारे सेवा दिन बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टरको बनाउन गुरुयोजना बनाएको हो ।

विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले गुरुयोजना सम्पन्न भई राष्ट्रिय योजना आयोग हुँदै मन्त्रिपरिषद्बाट निर्णय भएपछि निर्माण कार्य शुरु हुने बताउनुभयो ।

गुरुयोजनामा आयुर्वेद विभागको बूढानीलकण्ठमा करीब १४ रोपनी जग्गामा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको पालामा मन्त्रिपरिषद्मार्फत भएको निर्माण भएको थियो ।

विभागका महानिर्देशक उपाध्यायले सामान्य जनतादेखि विशिष्ट, अति विशिष्ट व्यक्तित्वका लागि ठूलो योग सेन्टर बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले त्यहाँ प्रशासनिक भवन बनिसकेको छ, रु एक करोड ५० लाख रुपैयाँ छुट्याइएको थियो ।” सेन्टरले मानिसलाई योग गर्नुपर्छ भन्ने बानीको विकास गर्ने विभागको भनाइ छ । केन्द्रमा सेन्टर बनाएपछि सातै प्रदेशमा यस्तो योग केन्द्र खोल्ने योजना छ, जुन नसर्ने रोगको न्यूनीकरणमा महत्वपूर्ण हुने बताइएको छ ।

सेन्टरमा स्वस्थ जीवनशैली, सन्तुलित खानपान, योग, पञ्चकर्म, अकुपञ्चरलगायतका सेवा दिइ नसर्ने रोगका लागि काम हुने महानिर्देशक उपाध्यायको भनाइ छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter